धरानः धरान–६ पानबारीकी बालिका बलात्कारको आरोपमा पक्राउ परेविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी परेको छ ।
डिएसपी ढुण्डीराज न्यौपानेले बलात्कार गरेको भनिएका युवालाई पक्राउ गरेर जाहेरी दर्ता भइसकेको बताए । अभिभावक एवं संरक्षकले किटानी जाहेरी दिएको उनको भनाइ छ । सन्तोष कार्कीलाई पक्राउ गरी पीडित पक्षले दिएको जाहेरी दर्ता भइसकेको उनले बताए ।
‘जाहेरी दर्ता गरिसकेका छौं, म्याद थपका लागि जिल्ला अदालत लाने प्रक्रियामा रहेका छौं, यसपछि अन्य प्रक्रिया शुरू हुन्छ ।’ उनले भने । स्थानीय १४ वर्षीया बालिकालाई स्कुटर सिकाइदिने भन्दै उनले जङ्गलमा लगेर बलात्कार गरेको पीडितपक्षको भनाइ छ । उनले मौखिक उजुरी परेपछि आइतबार बेलुकै उनलाई पक्राउ गरिएको थियो ।