Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा होली मनाउँदा इन्जिनियरिङ क्याम्पसका विद्यार्थीबीचको झगडाले यो हालत !

हाम्रो कोशी आवाज
फाल्गुन २७ २०७६, मंगलबार
धरानमा होली मनाउँदा इन्जिनियरिङ क्याम्पसका विद्यार्थीबीचको झगडाले यो हालत !

धरानः इन्जिनियर क्याम्पस धरानमा आयोजना भएको होली कार्यक्रममा विद्यार्थीबीचको झगडामा एक घाइते भएका छन्। सोमबार बेलुका यो घटना घटेको हो ।
होली मनाउने क्रममा दुई समूहका विद्यार्थीबीच विवाद सिर्जना भएको थियो । आक्रमणमा समाजवादी विद्यार्थी युनियनका विद्यानन्द यादवसहित विद्यार्थी घाइते भएका छन् । घाइतेको उपचार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको छ ।
नेविसंघका विद्यार्थीले हमला गरेको दावी समाजवादी विद्यार्थीको छ । समाजवादी विद्यार्थी युनियनका शत्रुधन यादवले नेविसंघका केही विद्यार्थीले आक्रमण गरेर घाइते बनाएको आरोप लगाएका छन् ।
हरेक वर्ष जस्तै मटका फोर, सेक रेस, डिजे पार्टी गरिएको बेला उनीमाथि आक्रमण भएको उनको भनाइ छ । समाजवादी विद्यार्थी युनियन, इन्जिनियर अध्ययन संस्थान पूर्वाञ्चल क्याम्पस इकाई समितिले होली पर्वको अवसरमा आयोजना गरेको मट्का फोर, सेक रेस, डिजे पार्टी कार्यक्रम क्याम्प प्रशासनबाट अनुमति लिएर गरेका थिए । कार्यक्रम भाँड्ने क्रममा समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष विद्यानन्द यादव (वेदर्दी), उपाध्यक्ष सुशील यादव, उपाध्यक्ष कृष्ण यादव, सदस्य राजेश यादव लगायतका विद्यार्थीहरुमाथि कुटपिट भएको उनको दावी छ ।

प्रकाशित मिति: फाल्गुन २७ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend