Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा होली थोरै रसिलो धेरै विरसिलो (३८ फोटो र भिडियो)

हाम्रो कोशी आवाज
फाल्गुन २७ २०७६, मंगलबार
धरानमा होली थोरै रसिलो धेरै विरसिलो (३८ फोटो र भिडियो)

धरानः उमङ्ग र उल्लासका साथ मनाइने रङ्गको पर्व होली यसपटक केही कमजोर भने देखिएको छ । तर धरानमा यसपटक भने थोरै रसिलो बन्यो, धेरै विरसिलो । भानुचोकमा नियाल्दा युवापुस्तालाई कोरोना त्रासले खासै छुएन भन्ने लाग्थ्यो तर अन्य ठाउँतिर मास्क लगाउँदै, रङ्ग नदलेका युवापुस्ता धेरै हिँडिरहेका थिए । युवापुस्ताका लागि होली रसिलो नै बनेको थियो । युवापुस्ताहरू भानुचोक, छाताचोकलगायत भित्री सडकमा पनि यत्रतत्र होली खेल्दै गरेको अवस्थामा भेटिएका थिए । उनीहरूमध्ये कोही मास्क लगाएर, कोही मास्क नलगाइ भएपनि होली खेल्दै गरेको भेटिए ।
अघिल्लो वर्ष भानुचोक र छाताचोकको कुरा गर्ने हो भने कन्सर्ट नै आयोजना हुन्थ्यो । अघिल्ला वर्ष होलीका दिन पैदलै छिचोल्न समेत हम्मेहम्मे हुने सो ठाउँमा सयौं युवापुस्ता नाच्न र रमाइलो गर्न लाइन लाग्थ्यो । भानुचोकमा सयौं युवापुस्ता उपस्थित हुन्थे, होलीको रङ्ग दल्दै ओहोरदोहोर गरिरहेका हुन्थे तर यसपटक युवापुस्ताको उपस्थिति पनि भानुचोकमा केही कम भएको देखियो । भानुचोकको घण्टाघर परिसरमा भेला भएका युवायुवतीले कोही मास्क लगाएर त कोही मास्क नलगाइ विन्दास पारामा भेटिएका थिए ।
अघिल्लो वर्ष सार्वजनिक सवारी नचलेर युवापुस्ताको भीडले छिचोल्ने भानुचोकमा यसपटक निर्वाधरूपमा सार्वजनिक सवारी, टेम्पो, अटो रिक्सा चलिरहेका देखिन्थे । सडकमा मोटरसाइकल र स्कुटी कुदाउँदै रङ्गीविरङ्गी अनुहार बनाएर युवायुवती हिँडेका देखिए । यसपटक अधिकांशले घरपरिवार, छरछिमेकसँगै होली मनाएका थिए । युवापुस्ताका लागि बिहानपख होलीको रमझम नआएको धरानमा चार बजेसम्ममा केही रमझम आएको थियो ।
कोरोना भाइरस त्रासले गर्दा स्थानीय प्रशासन, धरान उपमहानगरपालिकाले सामूहिक होली नखेल्न उर्दी जारी गरेपछि यो पटकको होलीले रङ्ग गुमाएको थियो । अन्य सडकमा होलीमा रङ्गीएका केही युवापुस्ताबाहेक यो पटक सामूहिक होली आयोजना नहुँदा सुनसान बनेको छ ।
फोटोः हाम्रो कोशी आवाज डटकम 

प्रकाशित मिति: फाल्गुन २७ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend