Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा होलीकै दिन दुई युवामाथि छुरा प्रहार, घाइतेको बीपीमा उपचार हुँदै, छुरा हान्ने लुकेर बसेको अवस्थामा तत्कालै पक्राउ

हाम्रो कोशी आवाज
फाल्गुन २७ २०७६, मंगलबार
धरानमा होलीकै दिन दुई युवामाथि छुरा प्रहार, घाइतेको बीपीमा उपचार हुँदै, छुरा हान्ने लुकेर बसेको अवस्थामा तत्कालै पक्राउ

धरानः धरानमा होली पर्वमा साथीबीचको विवादले छुरा हानाहान भएको छ ।
छुरा प्रहारबाट दुई घाइते भएका छन् । होली खेल्ने क्रममा साथीबीच विवाद बढेको थियो । धरान–१२ को पब्लिक हाइस्कुलको मैदानमा साथीसाथीबीच विवाद बढ्दै जाँदा धरान–१ का प्रकाश तामाङले धरान–४ का अनन्त राई र धरान–१५ बस्ने पेम्बा लामामाथि छुरा प्रहार गरेका थिए । पेम्बालाई छुरा हानेपछि अनन्त छुट्याउन पुगेका थिए । छुट्याउन जाँदा उनीमाथि पनि छुरा प्रहार भएको पेम्बाले बताए । छुरा प्रहारबाट उनीहरू घाइते बनेका छन् । घाइतेहरूको बीपी प्रतिष्ठानमा उपचार भइरहेको छ । पुरानो रिसइवीका कारण छुरा प्रहार भएको हुनसक्ने प्रहरीको भनाइ छ ।
इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपाने सामान्य विवादमै छुरा प्रहार भएको र छुरा प्रहार गर्ने एक युवालाई समातेको बताए । प्रकाशलाई प्रहरीले विजयपुर हस्पिटल नजिकै लुकेको अवस्थामा पक्राउ गरेको जानकारी दिए ।
घाइतेमध्ये अनन्तको बायाँ कोखामा छुराको चोट छ भने पेम्बाको हातमा छुरा लागेको छ । ‘घटनापछि फरार भएका प्रकाशलाई खोजी गर्दा लुकेर बसेको अवस्थामा फेला पारेर ल्याइसकेका छौ’, डिएसपी न्यौपानेले भने, ‘के भएर घटना भएको हो भन्नेबारे थप अनुसन्धान भइरहेको छ ।’ अघिल्लो वर्षको होलीमा धरान–८ का निमा तामाङको छुरा प्रहारबाटै मृत्यु भएको थियो । 

प्रकाशित मिति: फाल्गुन २७ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend