Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको पुरानो बजारका सुन पसलका सञ्चालक सम्पर्कमा नआएपछि पीडित खिन्न अवस्थामा घर वरिपरी, करोडौं डुबेको आशङ्का

हाम्रो कोशी आवाज
फाल्गुन २९ २०७६, बिहिबार
धरानको पुरानो बजारका सुन पसलका सञ्चालक सम्पर्कमा नआएपछि पीडित खिन्न अवस्थामा घर वरिपरी, करोडौं डुबेको आशङ्का

धरानः धरानको पुरानो बजार (माछा बिक्री हुने ठाउँ छेऊ) को न्यू जयन्ती स्टोरका सञ्चालक यौवन खड्गी सम्पर्कमा नआएपछि ग्राहकले घर घेरेका छन् ।
१८ प्रतिशतसम्म ब्याज पाउने लोभमा सुनचाँदीलगायतका सरसामान, रकम समेत राखेका उनीहरूले केही महिनादेखि सञ्चालक खड्गी सम्पर्कमा नआइ पसलमा तालाचाबी लगाएर बेपत्ता बनेपछि घर घेराउ गरेको बताएका छन् ।
३१ लाख रूपैयाँमा फँसेकी पीडित ललिता श्रेष्ठले अहिलेसम्म सम्पर्कमा नआएपछि घर घेराउ गर्न आएको बताइन् । खाइनखाइ भाडा मलेर कमाएको बताउने विमला परियारले आफ्नो ४ लाख ४० हजार डुबेको बताइन् । उनीजस्तै सञ्चालक बेपत्ता भएर थाहा पाउने पाउने र घर घेराउ गर्न आइपुगेका ८५ जना नाघिसकेको छ । पीडित सोम खड्गीले हालसम्म ८५ जना पीडितको नाम खातामा टिपिइसकेको बताइन् । पीडितले वडा कार्यालयमा पनि निवेदन हालिसकेको उनले बताइन् । कसैको लाखौं, कसैको हजारौं रकम डुबेको उनले बताइन् । हालसम्मको नामलिष्ट हेर्दा ६ करोड बढी डुबेको आशङ्का गरिएको उनले बताइन् । उनले पीडित अझै आउने क्रम जारी रहेको बताइन् । ‘कसैको हजारौं त कसैको लाखौं, एकजनाको एक करोड डुबेको पाइयो’, उनले भनिन् ।
धरान–१४ का झलकमान श्रेष्ठका अनुसार पीडितलाई सञ्चालक खड्गीकी श्रीमतीले तमसुक गराउने बचन मात्रै दिएकी छिन् । ‘बेपत्ता हो वा होइन पहिला पत्ता लगाउँछौं, अहिले तमसुक गराउँछु भनेर सञ्चालककी श्रीमतीले भनेकी छिन् ।’ पीडितका अनुसार सञ्चालक खड्गी अष्ट्रेलिया पुगिसकेका छन् । 

प्रकाशित मिति: फाल्गुन २९ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend