Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लुटपाटमा संलग्न धरान-१४ का ‘ताके’ चार महिनापछि पक्राउ

हाम्रो कोशी आवाज
चैत्र २ २०७६, आइतबार
लुटपाटमा संलग्न धरान-१४ का ‘ताके’ चार महिनापछि पक्राउ

धरानः धरान–१४ का एल्विस राई पक्राउ परेका छन् । उनी यसअघि लुटपाटमा संलग्न रहेको र फरार रहेका थिए । इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
धरान–१४ बस्ने वर्ष १९ को प्रथम श्रेष्ठको नगद, पर्स र मोबाइलसमेत लुटपाट गर्नेमा कार्यमा संलग्न रहेका उनलाई पक्राउ गरिएको उनले जानकारी दिए । गत कार्तिक २९ गते गते श्रेष्ठको नगद, पर्स र मोबाइलसमेत लुटपाटमा उनी संलग्न रहेको र सुनसरी जिल्ला अदालतमा पेश हुँदा ८० हजार रूपैयाँ धरौटी बुझाउन नसकेपछि उनलाई थुनामा राखिएको डिएसपी न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति: चैत्र २ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend