धरानः साहित्यकार शिव प्रधानको ‘रुदिना’ उपन्यासको समीक्षा गरिएको छ । साहित्यकार प्रधानद्वारा लिखित नारी प्रधान उपन्यास ‘रुदिना’ को आइतबार धरानमा चर्चा गरिएको हो ।
उपन्यासको टिप्पणी प्राध्यापक तथा साहित्यकार शरणकुमार राईले गरेका थिए । कार्यक्रममा साहित्यकार तथा पूर्व सांसद कुन्ता शर्मालगायतले पनि रुदिनाबारे समीक्षा गरेका थिए ।
कृतिले विदेशमा बस्ने नेपालीहरूको पीडा बोल्नुका साथै जस्तै आपदविपद आइपर्दा पनि नडगमगाउन, नआत्तिन पनि सुझाउँछ । कार्यक्रममा टिप्पणी गर्दै साहित्यकार राईले नारी प्रधान उपन्यास ‘रुदिना’ ले वर्गीय, नारी संवेदनालाई यथार्थमा चित्रण गर्न सकेको बताए । 