Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा यस्तो शैलीको दबाव, नाटकघर नबनाउन अदृश्य शक्तिको चलखेल बढेपछि रङ्गकर्मी, कलाकर्मी यस्तो मास्क लगाएर पुगे उपमहानगरपालिका

हाम्रो कोशी आवाज
चैत्र ४ २०७६, मंगलबार
धरानमा यस्तो शैलीको दबाव, नाटकघर नबनाउन अदृश्य शक्तिको चलखेल बढेपछि रङ्गकर्मी, कलाकर्मी यस्तो मास्क लगाएर पुगे उपमहानगरपालिका

धरानमा नाटकघर नबनाउन अदृश्य शक्तिको चलखेल बढेपछि रङ्गकर्मी, कलाकर्मी यस्तो मास्कसहित यसरी पुगे उपमहानगरपालिका
धरानः धरानमा नाटकघर नबनाउन अदृश्य शक्तिको चलखेल भएको भन्दै धरानका नयाँ तथा पुराना रङ्गकर्मी, कलाकारको टोली लागिपरेको छ ।
उनीहरूले धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई ज्ञापनपत्र बुझाउन भन्दै हो हो नारा लगाउँदै उपमहानगरपालिका पुगेका थिए । हो को अर्थ रङ्गकर्मीको भाषामा हो हो बनाउनुपर्छ भन्ने हो । नयाँ मास्क अर्थात् मुकुटको अर्थ सिम्बोलिक रहेको उनीहरूले बताए । यस्तो नारा लगाउँदै उपमहानगरपालिका पुगेपछि अधिकांशले अचम्मित मानेका थिए ।
कलाकार प्रेम सुब्बाको संयोजकत्वमा निर्माण पहल समिति गठन गरेर नाटकघर बनाउनैपर्छ भनेर दबाव दिन यस्तो कार्यक्रम आयोजना गरिएको सचिव अरूणकुमार प्रधान बताउँछन् ।
अदृश्य शक्तिको चलखेल भएपछि दबाव सिर्जनाका लागि सबै कलाकार, रङ्गकर्मीको भेला भएर ज्ञापनपत्र बुझाइएको संयोजक सुब्बाले बताए । ‘ज्ञापनपत्र बुझाउन उपमहानगरपालिका पुगिसकेका छौं मेयर एक बजे आउने कार्यक्रम छ, त्यसपछि बुझाउनेछौं ।’ उनले जानकारी गराए ।
‘हामीले सम्पूर्ण प्रक्रिया पूरा गरिसकेका छौं तर पनि नाटकघर बन्ने हो वा नबन्ने हो अन्यौलजस्तै देख्यौं, त्यही भएर दबाव दिने उद्देश्यले यस्तो कार्यक्रम गर्न लागेका हौं ।’ सचिव प्रधान बताउँछन् । सर्वदलीय बैठकको माग गर्ने, नाटकघर सभागृहको खाली जग्गामा बन्नुपर्नेलगायतका माग राख्दै ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको उनले जानकारी दिए ।
सभागृहको कुनामा करिब दुई कट्ठा खाली छ, त्यही जग्गामा नाटकघर बनाउने भनेर एक किसिमको सहमति पनि भइसकेको तर अदृश्य शक्तिकै कारण रोकिन गएको रङ्गकर्मीहरू बताउँछन् । सुनसरी १ नं. क्षेत्रका सांसद जयकुमार राईले सांसद विकास कोषबाट नाटकघर निर्माणको लागि ४० लाख रुपैयाँ विनोयजन गरिसकेको र नाटकघर निर्माणको निम्ति धरानका सम्पूर्ण नाट्य संस्थाका प्रतिनिधित्व गराएर अग्रज रङ्गकर्मी समेत रहेका कलाकार प्रेमको संयोजकमा पहल समिति गठन गरिएको उनले बताए । ‘२–४ जनाको चलखेल छ, तर २–४ जनाले रोक्दैमा नाटक घर नबनिनु दुःखद् हो ।’ संयोजक सुब्बा भन्छन् ।
फोटोः हाम्रो कोशी आवाज डटकम 

प्रकाशित मिति: चैत्र ४ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend