Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा नाटकघर निर्माणमा चलखेलः धरानका मेयरले सर्वदलीय बैठक डाक्ने

हाम्रो कोशी आवाज
चैत्र ४ २०७६, मंगलबार
धरानमा नाटकघर निर्माणमा चलखेलः धरानका मेयरले सर्वदलीय बैठक डाक्ने

धरानः धरानका मेयर तिलक राईले सर्वदलीय बैठक डाक्ने आश्वासन दिएका छन् ।
मङ्गलबार कलाकार, रङ्गकर्मीसहितको टोलीले धरान उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाउने क्रममा उनले सर्वदलीय बैठक डाक्ने आश्वासन दिएका हुन् । धरानमा नाटकघर बनाउन नदिन अदृश्य शक्तिको चलखेल भएको भन्दै धरानका नयाँ तथा पुराना रङ्गकर्मी, कलाकारको टोलीले ज्ञापनपत्र बुझाएको हो ।
‘म पोजेटिभ नै छु, भोलि नै सर्वदलीय बैठक डाक्छु’, उनले भने, ‘त्यसपछि समस्याको समाधान गरौंला ।’कलाकार प्रेम सुब्बाको संयोजकत्वमा निर्माण पहल समिति गठन गरेर नाटकघर बनाउनैपर्छ भनेर दबाव दिन यस्तो कार्यक्रम आयोजना गरिएको सचिव अरूणकुमार प्रधान बताउँछन् ।
अदृश्य शक्तिको चलखेल भएपछि दबाव सिर्जनाका लागि सबै कलाकार, रङ्गकर्मीको भेला भएर ज्ञापनपत्र बुझाइएको संयोजक सुब्बाले बताए । कलाकार र रङ्गकर्मीले धरान सभागृहको कुनामा रहेको करिब दुई कट्ठा खाली जमीनमा नाटकघर बनाउन माग गर्दै आएका छन् । सुनसरी १ नं. क्षेत्रका सांसद जयकुमार राईले सांसद विकास कोषबाट नाटकघर निर्माणको लागि ४० लाख रुपैयाँ सांसद विकास कोषबाट विनियोजन भइसकेको बताएका छन् । 

प्रकाशित मिति: चैत्र ४ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend