Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोना जोखिमः सुनसरीका पत्रकारलाई माक्स

हाम्रो कोशी आवाज
चैत्र ९ २०७६, आइतबार
कोरोना जोखिमः सुनसरीका पत्रकारलाई माक्स

धरानः कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट बच्नका लागि नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाले पत्रकारहरूलाई २ सय थान मास्क वितरण गरेको छ ।
धरानका पत्रकारहरूका लागि १ सय २५ थान र इटहरी, इनरूवाका पत्रकारहरूका लागि ७५ थान वितरण गरिएको हो । धरान भोटेपुलमा रहेको हिमालय पेट्रोल पम्पको आर्थीक सहयोगमा मास्क ल्याइएको हो ।
वितरणमा कार्यक्रममा बोल्दै नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष विकास चाम्लिङ राईले कोरोनाको संक्रमणबाट जोगिनका लागी केही सहयोग होस भन्ने उद्देश्यका साथ मास्क वितरण गरिएको बताए ।
वितरण कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिव दिनेश गजमेरले पत्रकारहरूमा कोरोनाको केही समस्या देखे महासंघले सहयोगका लागि पहल गर्ने बताए ।
७ दिन सम्म पुग्ने ३० मिलिलिटर ह्यान्ड स्यानिटाइजर पत्रकारहरूलाई वितरण गरिएको थियो । केन्द्रिय प्रविधी क्याम्पस हात्तीसारको माइक्रोबाईलोजी विभागको प्रमुख धिरेन लिम्बूको नेतृत्वमा बनेको स्यानिटाइजर सबै पत्रकारहरूलाई वितरण गरिएको हो ।

प्रकाशित मिति: चैत्र ९ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend