Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सैनिक स्कुलमा पनि ६२ सैथ्याको क्वारेन्टाइनस्थल तयार

हाम्रो कोशी आवाज
चैत्र ९ २०७६, आइतबार
धरानको सैनिक स्कुलमा पनि ६२ सैथ्याको क्वारेन्टाइनस्थल तयार

धरानः नेपाली सेनाद्वारा सञ्चालित सैनिक आवासीय महाविद्यालय धरानमा पनि ६२ सैथ्याको क्वारेन्टाइनस्थल तयार भएको छ ।
धरान नगर क्षेत्रलाई मध्यनजर गर्दै विद्यालय हाताभित्र ६२ सैथ्याको क्वारेन्टाइनस्थल तयारी अवस्थामा रहेको प्रिन्सिपल निलकुमार श्रेष्ठले जानकारी दिए ।
श्री पूर्वी पृतना हेड क्वाटर, इटहरी, धरान उपमहानगरपालिका तथा १३ नं. वडा कार्यालयसँगको सहकार्यमा सो क्वारेन्टाइन सञ्चालनमा ल्याइने भएको उनले जानकारी दिए । आइतबार धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, प्रशासकीय प्रमुख, १३ वडा कार्यालयका वडाअध्यक्ष नेत्र काफ्ले, सैनिक अस्पताल इटहरीका प्रमुख तथा पूर्वी पृतनाका महासेनानीद्वय सम्मिलित अधिकृत सहितको टोलीले सो क्वारेन्टाइन स्थलको निरीक्षण गरेका छन् । सो अवसरमा महाविद्यालयका प्रिन्सिपल तथा सम्पर्क अधिकृतले हालको व्यवस्थापन तथा आगामी दिनमा गर्नुपर्ने थप तयारीका बारेमा जानकारी गराएका थिए । 

प्रकाशित मिति: चैत्र ९ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend