Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लामो दुरीका सवारी साधन बन्द, भानुचोकमा सवारी फाट्टफुट्ट, सवारी रुग्ने यात्रु धेरै

हाम्रो कोशी आवाज
चैत्र १० २०७६, सोमबार
लामो दुरीका सवारी साधन बन्द, भानुचोकमा सवारी फाट्टफुट्ट, सवारी रुग्ने यात्रु धेरै

धरानः विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणबाट बच्न सरकारले आज (सोमबार) देखि देशैभर लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा यो जानकारी गराइसकेका छन् । प्रधानमन्त्री ओलीले गरेको सम्बोधनमा भनिएको छ, ‘आगामी चैत १० गते (आज) देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दुरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।’
लामो दूरीअन्तर्गत एक जिल्लाबाट अर्काे जिल्लामा पनि गाडी चलाउन नपाइने ट्राफिक प्रहरीले जनाएको छ । आज धरानका सडक बिहानैदेखि सुनसान बने । सार्वजनिक सवारीसाधनको संख्या ह्वात्तै घटेको छ भने निजी सवारीसाधन पनि कमै चलेका छन् ।
विशेषतः धरानबाट पहाडी क्षेत्रमा जाने यात्रु भानुचोकमा आएर सवारी साधन रुँगेर बस्ने पनि छन् । सयौं यात्रु अहिले भानुचोकमा बन्दको बेलाझैं सवारी कुरेर बसिरहेका छन् । कोरोनाबारे अझै नागरिक तहमा सजगता आइनसक्दा यात्रुहरू अलपत्र परेका हुन् । ‘कोरोनाको त्रास अहिले विश्वव्यापी छ तर सजगता र सचेतनाले नै यसलाई जित्न सकिन्छ भन्ने उदाहरण चीन पनि हो । तर नेपालका नागरिकमा अझै चेत खुलेको छैन ।’, धरान–१२ प्रविन विशुङ्खे भन्छन् ।
सम्बोधनमा ‘केही अवधिका लागि’ भनिएकाले यो बन्द कहिलेसम्म जारी रहन्छ भन्ने अनिश्चित देखिन्छ । सम्भवतः कोरोना महामारीको अवस्था हेरेर बन्द खुलाउने सरकारको तयारी हुन सक्छ । तर यो महामारी कहिले साम्य हुन्छ भन्न सकिने स्थिति नरहेकाले यातायात कहिले खुल्छ अहिल्यै भन्न गाह्रो छ । 

प्रकाशित मिति: चैत्र १० २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend