Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा आज बाहिर निस्किए पक्राउ, अनावश्यक कामले हिँडडुल गर्ने १२ जनाभन्दा बढी पक्राउ

हाम्रो कोशी आवाज
चैत्र १२ २०७६, बुधबार
धरानमा आज बाहिर निस्किए पक्राउ, अनावश्यक कामले हिँडडुल गर्ने १२ जनाभन्दा बढी पक्राउ

धरानः धरानमा आज बुधबार घर बाहिर अनावश्यकरुपमा हिँडडुल गर्ने १२ जनाभन्दा बढी पक्राउ परेका छन् । अहिले भानुचोक सुनसानझैं छ भने अन्य स्थानमा केही मानिस बाहिर निस्किएका थिए ।
इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारीअनुसार बिहान ६ बजेदेखि ९ बजेसम्म १२ देखि १५ जनासम्म स्कुटी, मोटरसाइकल चालक नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपनि धरानमा अटेर गरिएपछि प्रहरीले पक्राउ गर्ने निर्णय मंगलबार नै सार्वजनिक गरिसकेको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले १२ जनाभन्दा बढी स्कुटी, मोटरसाइकल चालक नियन्त्रणमा लिइसकेको बताए । १२ वटा मोटरसाइकल, ९ वटा स्कुटी र एउटा सिटी सफारी नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।
सरकारले लकडाउन घोषणा गरेसँगै जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । पहिलोदिन धरानमा लकडाउन एवं निषेधाज्ञा उल्लङ्घन गर्ने बढेपछि प्रहरीले यस्तो निर्णय लिएको थियो ।
स्थानीय प्रशासन ऐनअनुसार प्रमुख जिल्ला अधिकारीलाई निश्चित भूभागमा निषेधाज्ञा वा कफ्र्यु लगाउने अधिकार छ । त्यसलाई पनि अटेर गरे अन्तिम चेतावनी दिने र सुरक्षाकर्मीले बल प्रयोगसमेत गर्न सक्ने व्यवस्था ऐनमा छ । धरानमा बुधबार चारवटै सुरक्षा निकाय भिन्दाभिन्दै रूपमा एरिया कभर गरेर खटिएका छन् ।

मंगलबार धरानको भानुचोकमा देखिएको दृश्य ।

फ्रान्सबाट सँगै आएकी कोरोना संक्रमितसँगै आएकालाई मंगलबार धरान–१६ मा खोजी गरिँदै ।

प्रकाशित मिति: चैत्र १२ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend