Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१४ विजयपुरका युवाले गरे आत्महत्या

हाम्रो कोशी आवाज
चैत्र १३ २०७६, बिहिबार
धरान-१४ विजयपुरका युवाले गरे आत्महत्या

धरानः धरान–१४ विजयपुरमा एक युवाले आत्महत्या गरेका छन् ।
धरान–१४ बमधारा मार्गका युवाले झुन्डिएर आत्महत्या गरेका हुन् । स्थानीय २३ वर्षीय हरिप्रसाद अधिकारीले रुखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । आत्महत्या गर्नुको कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरी र वडाका जनप्रतिनिधिले सर्जमिन मुचुल्का उठाएर शव पोष्टमार्टमको लागि पठाइसकेको छ । उनी ज्याला मजदुरी गर्दै आएका थिए ।

प्रकाशित मिति: चैत्र १३ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend