Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका उद्योगी-व्यवसायीले पोखे पीडा, बैंकले कालोसूचीमा राख्ने धम्की दिएको खुलासा

हाम्रो कोशी आवाज
जेष्ठ ७ २०७७, बुधबार
धरानका उद्योगी-व्यवसायीले पोखे पीडा, बैंकले कालोसूचीमा राख्ने धम्की दिएको खुलासा

धरानः सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरानका उद्योगी व्यवसायी र बैंकर्सहरुबीच छलफल कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा अधिकांश उद्योगी व्यवसायीले आफ्ना गुनासो पोखेका थिए ।
धरान उपमहानगरपालिकाका उद्योग प्रवद्र्धन समितिका संयोजक कृष्णकुमार अग्रवालले हाल बैंकहरूले तरलतालाई मध्य नजर गर्नुपर्ने, सामाजिक उत्तरदायित्वअन्तर्गत धरान उपमहानगरपालिकाको राहत कोषमा सम्पूर्ण बैंकहरूले समेत सहभागिता जनाउनुपर्ने बताएका थिए ।
राष्ट्र बैंकको निर्देशानुसार बैंकले ब्याज नघटाउनु, हालको अवस्थामा व्यापारीहरूलाई बैंकले कालोसूचीमा राख्ने धम्कीसहित ताकेता गर्नुजस्ता कारणले भोलि व्यवसायीहरूले आत्महत्या गर्न सक्नेसम्मको सम्भावना हुनसक्ने पर्यटन व्यवसायी बासुदेव बरालले बताए ।
त्यसैगरी व्यवसायीहरूबीच नङ र मासुको सम्बन्ध हुनुपर्नेमा हाल आर्थिक अवस्था धरासायी भएको बेला बैंकबाट व्यापारीहरुलाई धेरै समस्या आएमा व्यापारीहरु सहेर नबस्ने र आन्दोलनमा उत्रिन समेत पछि नपर्ने संयुक्त ग्रिल व्यवसायी संघका अध्यक्ष राजकुमार राईले बताए ।
कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य विष्णु बराल, सुनसरी सुनचाँदी व्यवसायी संघका अध्यक्ष किसन मास्के, होटल व्यवसायी केपी पालुङवा, व्यवसायी उदयचन्द्र भगतले आफ्ना समस्या राखेका थिए । बैंकर्सको तर्फबाट मितेरी डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख तुलसीप्रसाद वस्तीले राष्ट्र बैंकको निर्देशन सहर्षरूपमा पालना गर्ने बताएका थिए ।
सुनसरी उद्योग वाणिज्य संघका महासचिव राजेश अग्रवालले सञ्चालन गरेको सो कार्यक्रममा प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले व्यवसायीहरूलाई परेको पीर मर्काका लागि कार्यक्रमको आयोजना गरिएको तथा बैंकहरूले सदैव सहजिकरण गर्नुपर्ने विचारसहित धन्यवाद ज्ञापन गरेका थिए ।
संघका अध्यक्ष गिरिधारी सापकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उद्योगी व्यवसायीका तर्फबाट धरानका बैंकका प्रमुखहरुको उपस्थिति रहेको थियो । अध्यक्ष सापकोटाले यस छलफल कार्यक्रमबाट प्राप्त सुझावहरुलाई सम्बन्धित बैंकहरुले केन्द्रीय कार्यालयमा सुझावका लागि प्रेषित गर्न र संघले समेत सहजिकरण गर्ने बताए ।

प्रकाशित मिति: जेष्ठ ७ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend