Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१३ ठेगाना टिपाएकी ५१ वर्षीया महिलामा देखियो कोरोना संक्रमण

हाम्रो कोशी आवाज
जेष्ठ ७ २०७७, बुधबार
धरान-१३ ठेगाना टिपाएकी ५१ वर्षीया महिलामा देखियो कोरोना संक्रमण

धरानः धरानमा एक महिलामा कोरोना संक्रमण भएको छ ।
धरान-१३ की ५१ वर्षीया एक महिलामा जाँचको क्रममा रिपोर्ट पोजेटिभ आएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित चिकित्सकले पुष्टि गरेका छन् ।
मंगलबार प्रतिष्ठानमा ओपिडी जाँच गराउन पुगेकी ती महिलाको शंका लागेर परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आएको अस्पताल स्रोतले जनाएको छ । उनले ठेगाना धरान–१३ शिवधारा टिपाएकी थिइन् । धरान–१३ ठेगाना खुलाएकी उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई प्रतिष्ठान लगिएको छ ।
यस्तै, धनकुटाका थप एकजनामा पनि रिपोर्ट पोजिटिभ आएको चिकित्सक बताउँछन् । ‘१०–१५ मिनेटमात्रै भएको छ रिपोर्ट आएको, त्यसमा ती ५१ वर्षीया महिला र धनकुटाका एक व्यक्तिमा रिपोर्ट पोजेटिभ देखियो’, प्रतिष्ठानका प्रवक्ता समेत रहेका चिकित्सकले भने । थप विवरण आउन बाँकी रहेको उनले बताए । उनकाे कन्ट्याक ट्रेसिङ गर्ने काम भइरहेकाे छ । स्वास्थ्य मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ ।

प्रकाशित मिति: जेष्ठ ७ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend