Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा युवा नेतालाई लाग्यो बलात्कारको आरोप !

हाम्रो कोशी आवाज
जेष्ठ ८ २०७७, बिहिबार
धरानमा युवा नेतालाई लाग्यो बलात्कारको आरोप !

धरानः तत्कालीन संघिय समाजवादी पार्टीका युवा नेता श्री सुब्बा नाबालिका बलात्कार आरोपमा पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय धरानले उनलाई बिहीबाबर बालिका बलात्कारको आरोपमा समातेको हो ।
इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बालिकाकी आमाले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिए । पकाउ परेका सुब्बा समाजवादी जनता दलसम्बद्ध युवा संगठनका प्रदेश १ का अध्यक्ष हुन् । उनी धरान–१५ निवासी हुन् ।
बलात्कृत ८ वर्षिय ती नाबालिकाले आमालाई विगत १०–१२ दिन देखि आफूमाथि भएको घटना बताएपछि आमाले जेठ ५ गते इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् ।
‘गत ५ गते दिनको ११ बजे लिम्बूले वर्ष ८ की नाबालिकालाई ललाइ फकाइ जवरजस्ती करणी गरेको भनी पीडितको आमाले यस कार्यालयामा जाहेरी दरखास्त पेश गरेकोमा पीडितको तत्काल शारिरीक परीक्षण गरिएको र प्रतिबादीको खोजतलास गर्दा निज फेला नपरेकोमा सुनसरी जिल्ला अदालतबाट निजलाई पक्राउ गर्ने अनुमति प्राप्त भई खोजतलासकै क्रममा बिहीबार पक्राउ गरी जबरजस्ती करणी मुद्दामा अनुसन्धानको कार्य जारी रहेको छ ।’ डिएसपी न्यौपानेले भने ।
यस्तै, नाबालिका जबरजस्ती करणीकै आरोपमा धरान–९ मा डेरा गरी बस्ने उमेश ठटाल पनि समातिएका छन् । उनले धरान–१७ की १५ वर्षीया नाबालिकालाई विवाह गर्ने लोभ देखाएर पटकपटक जबर्जस्ती करणी गरेका थिए ।
‘विवाह गर्ने भनी ललाइफकाई पटकपटक जवरजस्ती करणी गरेको भन्ने पीडिताको बुबाबाट जाहेरी दरखस्त प्राप्त हुन आए पश्चात् उनलाई बिहीबार पक्राउ गरी अदालतबाट म्याद थप गरी जबरजस्ती करणी कसुर मुद्दामा अनुसन्धानको कार्य भइरहेको छ ।’

प्रकाशित मिति: जेष्ठ ८ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend