धरानः झापाको कचनकवलका कोरोना संक्रमण पुष्टि भएका २३ जनालाई धरान आइपुगेका छन् ।
उनीहरूलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आसोलेसनमा वार्डमा राखिएको छ । एम्बुलेन्समा संक्रमित आइपुगेको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । ‘गाउँपालिकाले कोरोना संक्रमित भएको २३ जनालाई एम्बुलेन्समा राखेर उपचारका धरान पठाएपछि अहिले आइपुगेका छन्’, हाम्रो कोशी आवाज डटकमसँग कुराकानी गर्दै उनले भने, ‘व्यवस्थापन भइसकेको छ अब उपचार सुरु हुन्छ ।’
यसअघि प्रतिष्ठानमा ५ जना आइसोलेसनमा रहेको उनले जानकारी दिए । बिहीबार दिउँसो थप भएको ८ जनासहित कुल २३ जना कोरोना संक्रमित झापा जिल्लाबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आइपुगेका हुन् । प्रतिष्ठानमा यसअघि नै एक सय बेडको कोभिड–१९ अस्पताल स्थापना गरिएको छ । तर कोरोना संक्रमितको अवस्था जटिल नभएकोले अहिले प्रतिष्ठानको आइसोलेसन वार्डमा नै राखिने उनले बताए ।
संक्रमित सबै रोजगारीको सिलसिलामा भारत गएर फर्किएपछि क्वारेन्टाइनमा राखिएको थियो ।