Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

५ वर्षीया बालिका आगोले पोलेर लखतरान !

हाम्रो कोशी आवाज
जेष्ठ ९ २०७७, शुक्रबार
५ वर्षीया बालिका आगोले पोलेर लखतरान !

धरानः ५ वर्षकी बालिकाको पोलेको घाउमा छाला टाल्न चिकित्सकले सुझाएपछि परिवारजन आर्थिक समस्यामा पिरोलिएको छ ।
करिब चार महिना अघि आगोले पोलेको घाउमा डाक्टरले छाला टाल्नुपर्छ भनेपछि आर्थिक अभावमा थप उपचार हुन नसकेको परिवारले जनाएका छन् ।
बराह नगरपालिका वडा नम्बर ५ सुनसरीस्थित सिमरवन चौकमा बस्दै आएका उमेश विक र लक्ष्मी विकका ५ वर्षको छोरी देवी विकको घरमा गत माघ २२ गते आगोले पोलेको छ । शरीरको अगाडि छाती र पेटमा पोलेपछि विराटनगरस्थित म्याक्स अस्पतालमा उपचार गरिएका थियो । २७ दिनको लामो उपचारमा करिब एक लाख ५० हजार रूपैयाँ सकिएको कुरा आमा लक्ष्मी बराइलीले जानकारी दिइन् ।
आर्थिक अवस्था कमजोर भएकोले त्यहाँ उपचार गर्ने पनि छर छिमेक इष्टमित्रले सरसहयोबाट भएको उनले बताइन् । उनले दलित विकास समिति नगरपालिकामा सहयोग माग्दा बराह नगरपालिकाको दुई हजार दिएको बताइन् । थप उपचारको लागि छाला टाल्नुपर्ने ( स्किन ग्राफ्टिङ) डाक्टरले सुझाब दिएपछि थप समस्यामा परेको आमा लक्ष्मीले बताइन् ।
उनले भनिन्, ‘छाला टाल्न मात्र ५० हजार लाग्छ । त्यसपछि आइसियुको शुल्क, औषधिको रकम पनि लाग्ने कुरा चिकित्सकले भनेको उनको भनाइ छ । हाल उनी जेठाजुको घरमा बस्दै आएकी छि । श्रीमान सामान्य लेवर गर्ने आफ्ना घरसमेत नभएकोले बच्चाको उपचारमा समस्या भएको बताए । छाला टालेन भने घाउ भित्रभित्रै गाडिएर जाने र थप संक्रमण भएर जटिलता हुने भएकोले छिटोभन्दा छिटो छाला टाल्न डाक्टरले भनेको बाबु उमेश बताउँछन् । बच्चालाई आफ्नै शरीरको छालाले नभएपछि माछाको छालाले टाल्नुपर्छ भन्ने सल्लाह डाक्टरले दिएको बताए ।
उनीहरूले छाला टाल्न सबैसँग सहयोगको याचना गरेका छन् । हाल दिन बिराएर बराह स्वास्थ्य चौकीमा ड्रेसिङ गरिरहेको उनको भनाइ छ । यसअघि बराह नगर अस्पतालमा ड्रेसिङ गर्न जाँदा अकस्मात रगत बगेकोले त्यहाँ अबदेखि नल्याउन भनेको उनले बताए । त्यहाँ ड्रेसिङ गर्दा हरेक पटक ५ सय १५ रुपैयाँ लागेको बाबु उमेशले बताए । छाला टाल्नको लागि आर्थिक सहयोग गर्न चाहने इच्छुक संघसंस्था ब्यक्तिले देवी बराइलीको बुबा उमेश बिकको ९८१९००६२३५ मा सम्पर्क गर्नसक्नुहुनेछ ।

 

प्रकाशित मिति: जेष्ठ ९ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend