Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा लकडाउन र कोरोनाको जोखिमका बीचमै पनि द्रुततर ‘विकासे काम’ (९ फोटो)

हाम्रो कोशी आवाज
जेष्ठ ९ २०७७, शुक्रबार
धरानमा लकडाउन र कोरोनाको जोखिमका बीचमै पनि द्रुततर ‘विकासे काम’ (९ फोटो)

धरानः कोरोना जोखिम कम गर्न सरकारले घोषणा गरेको लकडाउनको अवस्थामा पनि विकास निर्माणका कामले निरन्तरता पाइरहेका छन् । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीका बीच पनि पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिइएको छ । धरानमा त अझ कोरोनाको जोखिम पनि छ । कतै बाटो बनाउने गरेको त कतै पुल निर्माण कतै सडक मर्मत तथा पक्की बनाउने काम भइरहेका छन् । अन्य ठाउँमा भने महामारीले बजेट फ्रिज हुने अवस्थामा पुगिरहेको पनि छ ।
त्यसैको एक उदाहरण हो– धरान–१५ र ४ सीमानामा पर्ने काठेपुलदेखि, खैरेनीटार–वसन्तटार हुँदै ज्वाने, दानाबारी, हर्दिया स्कुलसम्म जाने सडक । सो सडकको नयाँ ट्रयाक खोल्ने, ड्रेन निर्माण, ग्राभेलदेखि कालोपत्रेसम्मको काम तीबरूपमा भइरहेको छ ।
धरान–वसन्तटार कालोपत्रे सडक तथा ड्रेन निर्माण उपभोक्ता समिति, धरान–४ को योजनामा सो सडक बनिरहेको हो । ‘ग्राभेल, कालोपत्रे, नयाँ टयाक खोल्ने, ड्रेन निर्माणलगायतका काम तीब्र गतिमा भइरहेको छ’, सडक निर्माण उपभोक्ता समिति राजन चाम्लिङले भने । उनले प्रदेश १ सरकारले दिएको सरकारले ६० लाख रूपैयाँ बढीको लागतमा सडक कालोपत्रेलगायतको काम दु्रततर गतिमा भइरहेको बताए । ‘यस्तो महामारीमा अधिकांश मानिस भानुचोकसम्म जाने अवस्था पनि छैन तर उपभोक्ताकै सक्रियताले झनै हौस्यायो’, उनले भने, ‘प्रदेशसम्म पुगेर भएपनि रकम ल्याएर अहिले काम अघि बढिरहेको छ ।’
प्रदेशका अर्थमन्त्री इन्द्र आङ्बो र धरानकै सभामुख बनेका सभामुख प्रदीपकुमार भण्डारीको सक्रियतामा रकम विनियोजन भएपछि काम अगाडि बढेको हो । ‘म आफैं पनि प्रदेशसम्म धाएँ, बजेटले अनिवार्य काम बन्छ ।’ उनले भने ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सामाजिक दूरी लगायतका सुरक्षा मापदण्ड पूरा गर्दै सडकको काम अघि बढाइएको समितिका अध्यक्ष रविन राईले जानकरी दिए । ‘सरकारबाट भएका निर्देशनहरूलाई पूर्ण पालना गर्दै साथै सामाजिक दुरी पनि कायम राख्दै काम भइरहेको छ’, अध्यक्ष राईले भने ।

प्रकाशित मिति: जेष्ठ ९ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend