Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

डेराबाट लागूऔषध बरामद, धरान प्रहरीद्वारा पक्राउ परेका युवायुवती सार्वजनिक

हाम्रो कोशी आवाज
जेष्ठ ११ २०७७, आइतबार
डेराबाट लागूऔषध बरामद, धरान प्रहरीद्वारा पक्राउ परेका युवायुवती सार्वजनिक

धरानः इलाका प्रहरी कार्यालय धरानले लागूऔषधसहित पक्राउ गरेका युवायुवतीलाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा दुई युवा र एक युवती छन् । पक्राउ पर्नेमा धरान– १५ बाँझगरा बस्ने वर्ष ४३ घनश्याम राई, धरान–१३ का वर्ष २९ को मन्दीप मगर छन् । यस्तै, तेह्रथुम साविक मेन्छयायेम गाँउपालिका वडा नं. १ घर भई हाल धरान–१३ बस्ने वर्ष २५ की समिया लिम्बू रहेका छन् ।
उनीहरू लागूऔषधसहित पक्राउ परेपछि सुनसरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा थुनामा राख्ने अनुमति लिइ अनुसन्धान भइरहेको डिएसपी ढुण्डीराज न्यौपानले जानकारी दिए ।
धरान–१३ स्थित डेरा कोठाबाट मन्दीपको साथबाट १५० मिलिग्राम खैरो हिरोइन र मोबाइल सेट थान १ र समियाको कोठाबाट ३ (तीन) ग्राम गरी जम्मा ३ (तीन) ग्राम १५० (एकसय पचास) मिलिग्राम लागूऔषध खैरोहिरोइन जस्तो देखिने खैरो धूलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
समियाको कोठामा रहेको टेबुल माथि राखेको सेतो प्लाष्टिकको झोलामा राखेको नाइट्रोजन लेखिएको १५ (पन्ध) पत्ता (एकसय पचास ट्याब्लेट) बरामद भएको छ भने समियाकै कोठाबाट ८३ हजार नगद पनि बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ ११ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend