Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बन्दाबन्दीमा पनि लागूऔषध ओसारपसार

हाम्रो कोशी आवाज
जेष्ठ १३ २०७७, मंगलबार
धरानमा बन्दाबन्दीमा पनि लागूऔषध ओसारपसार

धरानः बन्दाबन्दीको मौका छोपी औषधिजन्य सामग्री ओसारपसार हुने गरेको खुलेको छ ।
धरान प्रहरीले बन्दाबन्दीकै समयमा पनि लागूऔषधसहित समात्ने क्रम जारी छ । लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न रहेको पाइएपछि उनीहरूलाई लागूऔषधसहित नै समात्ने गरेको प्रहरीले जनाएको छ ।
यसैबीच मंगलबार प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित एक व्यक्तिलाई धरानबाटै पक्राउ गरेको छ । धरान–९ बगैंचा लाइनबाट ठूलो परीणामको लागूऔषध र नगदसहित एकजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
मंगलबार दिउँसो साँढे २ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले ४१ वर्षीय शुभचन्द्र राईलाई पक्राउ गरेको हो । राईको कोठा खानतलासी गर्दा सो घरको पूर्वतर्फ फर्किएको ढोकाको कुनामा लुकाइछिपाई राखेको प्लाष्टिकको बोराभित्र लागूऔषधसहित फेला पारेको प्रहरीले जनाएको छ । उनको डेरा कोठाबाट स्पास्मोप्रोक्सिवन प्लस १२८० क्याप्सुल, नाइट्रोजन ३०० ट्याबलेट , डिलक्स डिसी १०० एमएल लेखिएको ८० बोतल र नगद २ लाख ३७ हजार रूपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।
लागूऔषध र नगद सहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
यसअघि केहीदिनअघि प्रहरीले धरान–१३ बाट लागुऔषध ब्राउनसुगर र लागुऔषध ट्याब्लेटसहित तीनजना पक्राउ गरिसकेको छ । धरान १३ की २६ वर्षीया समिया लिम्बु, धरान–१३ कै २९ वर्षीय मन्दिप मगर र धरान १५ का ४३ वर्षीय घनश्याम राईलाई पक्राउ गरेको हो ।
यस्तै, लकडाउनकै समयमा लागुऔषध खरीद गर्न धरानबाट गएका दुई युवासहित तीन जनालाई प्रहरीले ठुलो परिमाणको लागुऔषधसहित पक्राउ गरेको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ नहरचोकबाट जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपलिका ३ का राजकुमार मण्डल रहेका छन् भने उनीसँग लागुऔषध खरीद गर्न पुगेका धरानका ८ का २७ वर्षीय अजय श्रेष्ठ र अर्जुन कार्की रहेका छन् ।

प्रकाशित मिति: जेष्ठ १३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend