धरानः धरानमा कामविहीन बनेका भारतीय नागरिकलाई उद्दार गरी पठाइएको छ ।
भारतका विभिन्न ठाउँबाट कामदारको रूपमा आएका भारतीय मजदुरहरू लकडाउन प्रभावबाट कामविहीन बनेकोले उद्दार गरेर पठाइएको हो । कामविहीन रहेर आफ्नो घर जानबाट बञ्चित बनेकालाई धरान उपमहानगरपालिकाको पहल र धरान मुस्लिम समाजको समन्वयमा उनीहरूलाई घर पठाइएको हो ।
दुईवटा बस र एक मारुती भ्यानमा ७३ जना भारतीय नागरिकलाई भारत पठाइएको हो । ७३ जना भारतीय नागरिकलाई काकडभिट्टा र जोगवनी नाकासम्म पुरयाउने ब्यवस्था भएको हो । वडा नं. १२ बाट ३९ जना सिलाइको काम गर्ने मजदुरहरूलाई समन्वय गरेर पठाउने काम नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष एवं धरान मुस्लिम समाजका संयोजक फिरोज अलिले गरेका थिए भने वडा नं. ३ बाट ३४ जना मजदुरहरुलाई वडा नं. ३ का सदस्य हरिकृष्ण शाहीले गरेका थिए ।
फोटोः लक्ष्मण थापा
