Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बगरकोटमा सांघातिक आक्रमण गरेको आरोपमा दुई युवा पक्राउ, ५२ हजार बढी लुटेको आरोप

हाम्रो कोशी आवाज
जेष्ठ १६ २०७७, शुक्रबार
धरानको बगरकोटमा सांघातिक आक्रमण गरेको आरोपमा दुई युवा पक्राउ, ५२ हजार बढी लुटेको आरोप

धरानः धरानमा युवामाथि सांघातिक आक्रमण गरेको आरोपमा दुई युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान–५ का वडाअध्यक्ष सन्तोष लिम्बूका कान्छा भाइ दीपेश लिम्बूु र अनित लिम्बू रहेका छन् । बिहीबार राष्ट्रिय युवा संघ नेपालले विज्ञप्ति जारी गर्दै कानुनी कारवाहीको माग गरेको थियो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले सो घटनामा दुईजना पक्राउ परेको र घटनाबारे अनुसन्धान भइरहेको बताए ।
राष्ट्रिय युवा संघ नेपालका राजेन्द्र राई र विजय तामाङले विज्ञप्ति जारी गर्दै वडाध्यक्षकै निर्देशनमा आक्रमण भएको भन्दै उजुरी दिएका थिए । धरान–१५ बगरकोट पुलपारी भिन्टेज रिसोर्ट अगाडि धरान उपमहानगरपालिकाको गिटी, बालुवा निकासीको कर काट्ने क्रममा सुमन धामी र मन्दिप राईमाथि १२–१५ जनाको समूहले सांघातिक आक्रमण गरेको विज्ञप्तिमा जनाइएको छ । मन्दिपलाई सामान्य चोट लागेको छ भने धामी टाउकोमा खुकुरीको दापले हिर्काएर चोट लागेको छ । यस्तै, ओठ फुटेको र एउटा दाँत पनि भाँचिएको छ ।
वडाध्यक्ष लिम्बूको सवारी साधनलाई पनि पैसा लिएको भन्दै आक्रमणपछि कुटपिट गरेको ती युवाले बताए । उनले वडाध्यक्षकै समूहले ५२ हजार तीन सय २० रूपैयाँ र पुर्जी पनि लिएर गएको उनीहरूले बताए । उता वडाध्यक्ष लिम्बूले भने आफूलाई केही थाहा नभएको र गल्ती पनि नभएकोले आफूले पनि प्रहरीमा उजुरी दिएको बताएका छन् ।

 

प्रकाशित मिति: जेष्ठ १६ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend