Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका राष्ट्रिय गायक शिव लामिछानेले ल्याए ‘अस्पतालको वार्डमा फुल्ने तिमी सुनाखरी’

हाम्रो कोशी आवाज
जेष्ठ १९ २०७७, सोमबार
धरानका राष्ट्रिय गायक शिव लामिछानेले ल्याए ‘अस्पतालको वार्डमा फुल्ने तिमी सुनाखरी’

धरानः कोरोनाको महामारीबाट अहिले संसारभर नै अधिकांश देशहरु अछुतो रहन सकेका छैनन् । संसारभरमा सोमबार बिहान सम्ममा ६१ करोड ७० लाख ५५हजार ६ सय २६ जना संक्रमित मध्ये ३७ हजार ४ सय ९६ जना कोभिड १९ संक्रमणमुक्त भएका छन् भने ३ लाख ७२ हजार ९९ जनाको मृत्यु भइसकेको छ । नेपालमै मात्र १६४२जना संक्रमितमध्ये २२० जना निको भएका छन् भने ८ जनाको मृत्यु भइसकेको छ र कोभिड १९को संक्रमितको संख्या दिन प्रतिदिन बढी नै बढी नै रहेको छ ।
कोभिड १९ को उपचारमा अहिले कुनै औषधि तथा खोप नबनिसकेकोले लकडाउनको पालना, संक्रमितहरुको दृढता र यो महामारीको पनि कुनै वास्ता नगरी स्वास्थ्यकर्मीहरुले संक्रमितहरुको उपचारमा निरन्तर गरेको सेवालाई सम्मान गर्नेपर्ने हुन्छ । तर यस्तोबेला पनि केही दिन अगाडि एउटा समाचारमा स्वास्थ्यकर्मीहरुलाई घरबेटीले आफू संक्रमित नभएको पुष्टि गर्नुपर्ने जस्तो कुराहरुले चर्चा पाएकोमा निकै दुख मान्दै गायक शिव लामिछाने शिवाजले ‘अस्पतालको वार्डमा फुल्ने तिमी सुनाखरी’ बोलको गीतलाई नर्सको रुपमा युट्युवमार्फत् रिलिज गरेका छन् ।
अहिलेको परिस्थिति सँगसँगै आफ्नो एउटा पुरानो अस्पतालको घटनालाई पनि उनले यस गीतमार्फत् सम्झने प्रयास गरेका छन् गायक शिवले । उनले निक्कै अगाडि आफ्नो एपेन्डिक्सको सर्जरी भएको बेला डाक्टरहरु अनि विशेषगरी नर्सहरुले गर्नुभएको सेवा (भावनालाई आफूले अहिले पनि सम्झिरहेको तर पनि अहिले बेलाबेला आउने यस्ता देशभक्त स्वास्थ्यकर्मीहरुबारे आउने नकारात्मक खवरले आफूलाई अलि दुःखी बनाएको बताउँछन् । यस्तो विषम परिस्थितिमा पनि आफ्नो परिवार, आफ्नो ज्यानको सुरक्षा केही नहेरी अग्रपंक्तिमा रहेर काम गर्नु हुने सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई हौसला दिनुपर्ने हो ठानेर सम्पूर्ण स्वास्थ्यकर्मी तथा नर्सहरुको लागिनै यो गीत समपर्ण गरेको गायक शिव लामिछाने बताउँछन् ।
गोपाल देवानको रचना, न्हयु बज्राचार्यको संगीत, गोपाल रसाइलीको संगीत संयोजन रहेको गीतले भन्छ–
नाइटिङ्गेलको आदर्श, बोकी ओठमा मधुरता
रुपमा होइन गुणमा खुल्छ खाँटी सुन्दरता
सेवा नै हो धर्म तिम्रो सेवा नै हो कर्तब्य

झर्की फर्की नगर्नु है, औषधि हो तिम्रो मुस्कान
मान्छे नै हो तिमी पनि लाग्छ होला धेरै थकान
कोमल होश तिम्रो स्पर्श सिस्नो जस्तो नपोलोश
तिमी नै हौ तिमी नै हौं, मानवताकी विश्व सुन्दरी
अस्पतालको वार्डमा फुल्ने तिमी सुनाखरी

प्रकाशित मिति: जेष्ठ १९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend