धरानः धरान–६ पानबारी (माथिल्लो पानबारी) मा थलिएका राई दम्पत्तिले फेरि ग्याँस, चुल्हो पाएपछि दंग बनेका छन् ।
गत जेठ १७ गते हाम्रो कोशी आवाज डटकम, कोशी आवाज टिभीमा एकसाथ समाचार र भिडियो प्रकाशित भएपछि उनीहरूका लागि सहयोग जुटेको हो । होप धरानका अध्यक्ष निश्चल पलिखेको अगुवाईमा उनीहरूले सोमबार ग्याँस र ग्याँस चुल्हो पाउँदा दंग बनेका थिए । ‘सोमबार ग्याँसका सामग्री (चुल्हा, सिलिन्डर, सिलिन्डर भर्न २ हजार) दिएर फर्किएका छौं ।’ पलिखेले भने । उनले थप एक हजार खाजा खर्चका लागि रकम पनि दिएको जानकारी दिए ।
यस्तै, लायन्स क्लब अफ क्यालिवर धरानको तर्फबाट खाद्यान्न सामान प्रदान गरिएको थियो । यस्तै, सोही वडामा पेट फुल्लिएको बालिकाको बारेमा जानकारी आएपछि खाद्यान्न सामान र २ हजार १५ रूपैयाँ दिएको उनले बताए ।
भोजराज राई दम्पत्तिमध्ये भोजराज भोजराज क्यान्सर रोगले थलिएका छन् भने श्रीमती आँखा फुलो परेको र आँखा खासै देख्दिनन् पनि । दुवैजना काम गर्न नसक्ने भएपछि खान, लाउनकै समस्या थियो । त्यस्तै, दाउरा खोज्न पनि बाहिर जानुपर्ने समस्या बुझेर ग्याँस चुल्हो दिएको अध्यक्ष पलिखेले बताए ।

