Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अन्ततः धरानका डिएसपी ढुण्डीराजको विदाइ, अब ज्ञानेन्द्र आउने

हाम्रो कोशी आवाज
जेष्ठ १९ २०७७, सोमबार
अन्ततः धरानका डिएसपी ढुण्डीराजको विदाइ, अब ज्ञानेन्द्र आउने

धरानः अन्ततः इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक (डिएसपी) ढुण्डीराज न्यौपानेको विदाइ गरिएको छ ।
उनी सरुवा भएर प्रहरी प्रधान कार्यालय मानव बेचबिखन ब्युरो नक्सालमा पुग्नेछन् । धरानमा नयाँ डिएसपी डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत आउने भएका छन् । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा सोमबार धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी तथा सुनसरी उद्योग वाणिज्य संघका वस्तुगत संस्थाका प्रतिनिधिहरुबीच उनको विदाइ भएको हो ।
संघले डिएसपी न्यौपानेलाई विदाई कार्यक्रम आयोजना गरेको हो । न्यौपानेले १३ महिना धरान बसाइको क्रममा धरानवासीहरुलाई पुरयाएको सेवाका लागि सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाले संघ र धरानका व्यवसायीहरुका तर्फबाट आभार व्यक्त गरेका थिए ।
कार्यक्रममा डिएसपी ढुण्डीराज न्यौपानेले १३ महिना अत्यन्तै छोटो रुपमा व्यतित भएको बताएका छन् । डिएसपी न्यौपानेले धरानमा काम गर्नु अत्यन्तै गाह्रो हुने यदाकदा चर्चा हुने गरेको पाइएपनि त्यो भन्दा फरक धरानवासीकोे साथ र सद्भावले अत्यन्तै सहज महसुस गरेको बताए ।
डिएपी न्यौपानेले शुरुमा धरान आउँदा सबैलाई चिन्न गाह्रो भएपनि विदाइ कार्यक्रममा सबैको माया पाउँदा आफूलाई गौरन्वान्वित महसुस गरेको र जिम्मेवारी बढेको महसुस गरेको बताए । संघका महासचिव राजेश अग्रवालले सञ्चालन गरेको सो कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष लगायत वस्तुगत संस्थाका अध्यक्षहरुले डिएसपी न्यौपानेलाई मायाको चिनो समेत प्रदान गरेका थिए ।
१३ महिनाअघि धरान आएका उनले आपराधिक गतिविधि एवं गुण्डागर्दीविरुद्ध प्रहरी कठोर बनेको ठम्याइ स्थानीयको छ । कार्यकालभरमा उनी सुनसरी जिल्लाको पुलिस अफ दि मन्थ (महिनाको उत्कृष्ट प्रहरी) घोषित भएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले असार महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो । डिएसपी न्यौपानेले धरान र मातहतमा समेत एरिया इलाकाहरुमा घटेका संगठित अपराधहरू, अवैध हातहातियार खरखजना, चोरी, डाँका, लागुऔषधजस्ता जघन्य अपराधहरुको गहन विश्लेषण गरी सफल अनुसन्धान गरेकोले उत्कृष्ट प्रहरी घोषित गरिएको थियो ।

प्रकाशित मिति: जेष्ठ १९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend