Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोना संक्रमित धरान-१३ की महिलासहित १८ जना घर फर्किए, फूलमाला लगाएर विदाइ

हाम्रो कोशी आवाज
जेष्ठ १९ २०७७, सोमबार
कोरोना संक्रमित धरान-१३ की महिलासहित १८ जना घर फर्किए, फूलमाला लगाएर विदाइ

धरानः धरान–१३ मा कोरोना संक्रमित भनिएकी महिला घर फर्किएकी छिन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत् उनी निको भएर घर फर्किएकी हुन् । उनीसँगै धरानबाट १८ जना घर फर्किएका छन् । दुईपटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनलाई घर फर्काइएको प्रतिष्ठानका चिकित्सकले जनाएका छन् ।
फर्किएकाहरु अन्य झापाका रहेको प्रतिष्ठानले जनाएको छ । उनीहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साहलगायतले विदाइ पनि गरेका थिए । उनीहरूलाई फूलमाला लगाएर विदाइ गरिएको थियो ।

प्रकाशित मिति: जेष्ठ १९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend