Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोना जितेर फर्किएकी धरानकी महिला र अन्यमा लक्षणबिनाको संक्रमणः चिकित्सक

हाम्रो कोशी आवाज
जेष्ठ २० २०७७, मंगलबार
कोरोना जितेर फर्किएकी धरानकी महिला र अन्यमा लक्षणबिनाको संक्रमणः चिकित्सक

धरानः सोमबार धरान–१३ की कोरोना संक्रमित महिला घर फर्किएसँगै बीपी प्रतिष्ठानमा उपचाररत् अझै ८० जना रहेका छन् ।
‘दुईपटक हेरेपछि केही देखिएन’ बीपी प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले भने, ‘उनीहरूको हिजो पनि अवस्था सामान्य थियो, अहिले पनि सामान्य छ । तर पोजेटिभ देखिएकै हो, फेरि दुईपटक पिसिआर परीक्षण भएपछि नेगेटिभ आयो ।’
अहिले प्रतिष्ठानमा ९८ जनामध्ये १८ जना डिस्चार्ज भएका हुन् । सबैको अवस्था सामान्य रहेको उनले जानकारी दिए । ‘सबै अवस्था नर्मल छ, लक्षण केही पनि नदेखिएको, पोजेटिभचाहिँ देखिएको केस हामीकहाँ छ ।’ हाल १७ कोरोना जितेर फर्किएकाहरू १७ देखि ५२ वर्ष उमेर समूहका रहेका छन् ।

प्रकाशित मिति: जेष्ठ २० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend