Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

समाचार प्रभाव: धरानमा थलिएका राई दम्पत्तिका लागि बढे मनकारी मन

हाम्रो कोशी आवाज
जेष्ठ २० २०७७, मंगलबार
समाचार प्रभाव: धरानमा थलिएका राई दम्पत्तिका लागि बढे मनकारी मन

धरानः धरान–६ पानबारीमा रोगले थलिएका, काम गर्न नसक्ने अवस्थाका भोजराज राई दम्पत्तिलाई सहयोग गर्ने मनकारी मन बढ्दै गएको छ ।
भोजराज क्यान्सरबाट थलिएका छन् भने उनकी श्रीमती आँखा नदेख्ने अवस्थामा छिन् । खान लगाउन साथै उपचारको खर्च अभावमा उनीहरू तड्पिँदै आएका थिए । धरानका केही मनकारी व्यक्तित्वहरूले उनलाई २० हजार रुपैयाँ उपचार खर्च गर्नु भन्दै दिएका छन् ।
भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका साम्के निवासी (हाल युके कर्मथलो) रहेकी समाजसेवी मनकारी देविका राई परिवारबाट ५ हजार, धरान– १९ चौकिबारी निवासी हाल युके बस्दै आएका समाजसेवी चित्र मादेन परिवारबाट ५ हजार, धरान–१८ बुद्धचोक निवासी समाजसेवी श्रीमती हिमाल राईबाट ३ हजार, धरान–१० क्याम्पस रोड निवासी (हाल युके निवासी) समाजसेवी माला तावा लिम्बू परिवारबाट २५ सय, धरान–१९ निवासी समाजसेवी प्रेमकला राईबाट ३ हजार, धरान–१५ निवासी समाजसेवी विमला राईबाट १५ सय रूपैयाँ गरेर जम्मा २० हजार रूपैयाँ प्रदान गरिएको छ । २० हजार रूपैयाँ हातमा लिएपछि उनको आँशु थामिएन ।
साथै उनीहरूका लागि धरान–११ निवासी शिव बान्तावा राई, रामकृष्ण राई र जीवन राईबाट दुई बोरा चामल (५० केजी) दुई लिटर तेल, दुई केजी चिनी, दुई केजी नुन, दुई केजी दाल, ६ वटा साबुन वितरण गरिएको थियो । उनले सबै सहयोगीलाई धन्यवाद पनि दिए ।
घरमा खानाको पनि समस्या र उपचार खर्च अभावमा उनीहरू तड्पिरहेका छन् । उनीहरूले सहयोगीदाताले दुवैजनालाई उपचार गरेर फर्काउन आग्रह गरेका छन् । ‘श्रीमती आँखा देख्दिनन्, काम गर्न पनि सक्दिनन्, म पनि अहिले क्यान्सर रोगबाट पीडित छु, सकेको सहयोग गरेर जीवन बचाइदिनुहोला ।’ भोजराजले भने ।
‘हाम्रो कोशी आवाज डटकममा यो गरिब राई परिवारबारे समाचार प्रकाशित भएपछि धन नभएपनि मन देखाएका हौं’, शिव वान्तवा राईले भनिन्, ‘यस्तै मनकारी मनहरू भइदिए अझै सो परिवारको उपचारमा सहयोग पुग्ने थियो ।’ राई परिवारलाई अझै सहयोगको खाँचो छ । शिवले दुईदिनभित्र चालेको अभियानले सार्थकता पाएको उनले बताइन् ।
फोटोः हाम्रो कोशी आवाज डटकम

प्रकाशित मिति: जेष्ठ २० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend