Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अपडेटः धरानमा आगलागी, आमाछोरी दुवै आगलागीमा परेको आशंका

हाम्रो कोशी आवाज
जेष्ठ २२ २०७७, बिहिबार
अपडेटः धरानमा आगलागी, आमाछोरी दुवै आगलागीमा परेको आशंका

धरानः धरान–१५ स्थित स्वीमिङ पुल छेऊको घरमा आगलागी भएको छ ।
स्थानीय नरबहादुर श्रेष्ठको घरमा आगो लाग्दा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार आगो लाग्दा घटनास्थलमा आमाछोरी आगलागीमा परेका छन् । ‘आगलागीमा आमाछोरी दुवै परेको भन्ने सूचना आइसकेको हुनाले आगलागी पूर्ण नियन्त्रणमा आएपछि अझै विस्तृत विवरण खुल्नेछ ।’ उनले भने ।
छिमेकीका अनुसार सो घरमा बस्ने फरक क्षमता (अपाङ्ग) की छोरीलाई निकाल्न जाँदा आमाछोरी दुवै आगलागीमा परेका हुन् । उनीहरुको अवस्था अज्ञात छ ।

प्रकाशित मिति: जेष्ठ २२ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend