Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा आगलागीः अन्ततः छोरीलाई बचाउन खोज्दा आमाछोरीकै गयो ज्यान (फोटो र भिडियोसहित)

हाम्रो कोशी आवाज
जेष्ठ २२ २०७७, बिहिबार
धरानमा आगलागीः अन्ततः छोरीलाई बचाउन खोज्दा आमाछोरीकै गयो ज्यान (फोटो र भिडियोसहित)

धरानः धरान–१५ स्थित स्वीमिङ पुल छेऊ ( साम्पाङ मार्ग) को घरमा आगलागी हुँदा दुईजनाको ज्यान गएको छ ।
स्थानीय नरबहादुर श्रेष्ठको घरमा आगो लाग्दा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार आगो लाग्दा घटनास्थलमा आमाछोरी आगलागीमा परेका छन् । छिमेकीका अनुसार सो घरमा बस्ने फरक क्षमता (अपाङ्ग) की छोरीलाई निकाल्न जाँदा आमाछोरी दुवै आगलागीमा परेका हुन् । उनीहरू दुवै जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । आगलागीमा ५८ वर्षीया सीता श्रेष्ठ र ८७ वर्षीया धनमाया श्रेष्ठ (आमा) को ज्यान गएको हो ।
घटना ८ः१५ बजेको हो । शुरूमा खाना पकाउन भनी आमा किचनमा छिरेकी थिइन । ग्याँस बालेर खाना पकाउन खोज्दा ग्याँस लिक भएर आगलागी भएको थियो । आगो लाग्न थालेपछि ८७ वर्षीया श्रेष्ठ बाहिर भागेकी थिइन् । भागेर बाहिर निस्किएकी उनी फेरि छोरी भित्र छ भन्ने होस पाएर फेरि आगलागी भएको ठाउँमा पुगेकी थिइन् । आगो दन्किन थालिसकेको थियो, त्यसपछि उनी निस्किन पाइनन् । घरको मुनि भाडामा लगाइएको थियो । भाडामा बस्ने पनि सबै बाहिर निस्किएर भागेका थिए ।
हाल प्रहरी पनि ग्यास वा विद्युत् सर्ट भएर आगलागी भएको हो भन्ने विषयमा यकिन केही गर्न सकेको छैन ।
फोटोः कोशी आवाज डटकम

प्रकाशित मिति: जेष्ठ २२ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend