Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा डिएसपी न्यौपानेलाई शुभकामनासहित विदाइ

हाम्रो कोशी आवाज
जेष्ठ २२ २०७७, बिहिबार
धरानमा डिएसपी न्यौपानेलाई शुभकामनासहित विदाइ

धरानः कार्यकाल पूरा गरी सरुवा भएका इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुुण्डीराज न्यौपानेलाई बिहीबार विभिन्न संघ–संस्थाले विदाइ गरेका छन् ।
१३ महिनाको सफल कार्यकाल सकेर काठमाडौंस्थित प्रहरी प्रधान कार्यलय मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेका डिएसपी न्यौपानेलाई धरानका बिभिन्न संघसंस्थाहरुले बधाई समारोहसँगै विदाइ पनि गरे । शुक्रबारदेखि उनको यहाँ कार्यकाल सकिन्छ ।
बिहीबार इलाका प्रहरी कार्यालय धरानको निर्माणाधीन हिरासत भवन परिसरमा एक कार्यक्रमको आयोजना गरी डिएसपी न्यौपानेलाई विदाइ गरिएको हो । कार्यक्रममा हिरासत भवन निर्माण समिति, धरान फुटबल क्लब र नेपाल पत्रकार महासंघ सुनसरी, बराह गुप प्रालिलगायतका संघसंस्थाहरुले न्यौपानेलाई बिदाइ गरेका थिए ।
ती संस्थाहरुका प्रतिनिधीहरुले खादा, रुदाक्षको माला तथा मायाको चिनो करुवा, लाफिङ बुद्ध तथा अन्य सामग्री प्रदान गरी प्रशंसा पत्रले सम्मान समेत गरेका थिए । उता यसअघि डिएसपी न्यौपानेलाई जिल्ला प्रशासन कार्यलय सुनसरीले प्रशंसापत्रसहित बिदाइ गरिसकेको छ ।
बुधबार सुनसरी सदरमुकाम इनरुवास्थित कार्यालयमा प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले डिएसपी न्यौपानेलाई प्रशंसापत्र प्रदान गरेका थिए । इलाकाभित्र शान्ति सुरक्षा अमनचयन कायम राख्दै विभागीय र जिल्ला सुरक्षा समितिको निर्दैशनलाई आत्मसाथ गर्दै जिम्मेवारीलाई प्रभावकारी रुपमा सम्पादन गरेको भन्दै जिल्ला प्रशासन कार्यलयले डिएसपी न्यौपानेको प्रशंसा समेत गरेको छ ।
बिदाई बिहिबार कार्यक्रममा एन्फाका मानार्थ उपाध्यक्ष किशोर राई, भवन निर्माण समितिका सचिव मुरारी सुवेदी र पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफले, बराह गुपका गंगा कालिकोटे लगायतले शुभकामना मन्तव्य दिए । यसअघि सुनसरी उद्योग वाणिज्य संघले पनि जेठ २० गते मंगलबार एक कार्यक्रमका बीच डिएसपी न्यौपानेलाई सम्मान गरिसकेको छ । बिदाइ कार्यक्रमको संयोजन भवन निर्माण समितिका संयोजक मीन सुब्बाले गरेका थिए ।
फोटोः लक्ष्मण थापा

प्रकाशित मिति: जेष्ठ २२ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend