Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बीपी प्रतिष्ठानमा उपचारका लागि ल्याइएको बालकमा कोरोना पोजेटिभ

हाम्रो कोशी आवाज
जेष्ठ २३ २०७७, शुक्रबार
बीपी प्रतिष्ठानमा उपचारका लागि ल्याइएको बालकमा कोरोना पोजेटिभ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याइएको बालकमा कोरोना पोजेटिभ देखिएको छ ।
प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्डमा भर्ना भएका बालकमा रिपोर्ट पोजेटिभ आएको हो । सो वार्ड बिहीबार रातिबाट सिल गरिएको छ । वार्डमा १० दिनअघि जँचाउन आइपुगेका एक बालकमा पिसिआर परीक्षण नै पोजेटिभ देखिएपछि वार्ड सिल गरिएको हो ।
घुँडामाथि फ्याक्चर भएका ती बालकको अप्रेसन गर्नुपर्ने भएपछि पिसिआर जाँच गरिएको चिकित्सकले बताएका छन् । ‘अहिले ट्रेसिङको काम भइररहेको छ भने उनलाई भेट्न आउने आफन्त, कुरुवाहरुको पनि ट्रेसिङ भइरहेको छ’, विभागीय प्रमुख प्रा.डा. पशुपति चौधरीले भने ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बिहीबार बेलुकी बच्चाको रिपोर्ट कोरोना पोजेटिभ आएको बताए । बच्चामा कोरोना पोजेटिभ देखिएपछि उनलाई आइसोलेसन वार्डमा सारिएको उनले जानकारी दिए । ‘उनको अप्रेसन गर्नुअघि जाँच्ने क्रममा रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई बिहीबार नै आइसोलेसन वार्डमा सिफ्ट गरिसकेका छौं’, हाम्रो कोशी आवाज डटकमसँग कुरा गर्दै प्रवक्ता डा. निदेशले भने ।  संक्रमित बालक धरान बाहिरको रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ २३ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend