Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा लकडाउनको बेला कसको कारले हान्यो बिजुलीको पोल ?

हाम्रो कोशी आवाज
जेष्ठ २३ २०७७, शुक्रबार
धरानमा लकडाउनको बेला कसको कारले हान्यो बिजुलीको पोल ?

धरानः लकडाउनको समयमा धरान–८ स्थित गोरखा डिपार्टमेन्टल अगाडि एउटा कार दुर्घटनामा परेको छ ।
कार दुर्घटनामा कारको अगाडिको भागमा क्षति पुगेको छ । कारले बिजुलीको पोललाई समेत हानेको छ । बा १० च ८०९६ नम्बरको कार दुर्घटनामा परेको हो । स्थानीयबासीले कार दुर्घटनामा परेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
इलाका पञ्हरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले कार दुर्घटनामा परेको भन्ने सूचनामा आइसकेको र प्रहरीलाई बुझ्न पठाइएको बताए ।

प्रकाशित मिति: जेष्ठ २३ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend