धरानः धरानमा ग्याँस सिलिण्डर चोरी गरेपछि एक व्यक्ति समातिएका छन् । यसअघि लागूऔषध ‘केस’ मा समातिएर धरौटीमा छुटेका धरान–९ का पवन तामाङ (वर्ष २३) समातिएका हुन् ।
राति बजे २ बजे अर्काको किराना पसलमा छिरेर ग्याँस सिलिण्डर चोरी गर्ने पवन तामाङलाई पक्राउ गरिएको इलाका पञ्हरी कार्यालय धरानका डिएसपी ज्ञानेन्दबहादुर बस्नेतले जानकारी दिए ।
धरान–१७ बस्ने श्रीप्रसाद राईको किराना पसलबाट ग्याँस सिलिण्डर चोरी गरेका उनी सिलिण्डरसहित समातिएका हुन् । उनलाई सम्मानित सुनसरी जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि नै पक्राउ परेका थिए पवन
पवन यसअघि नै पक्राउ परिसकेका व्यक्ति हुन् । उनलाई लागूऔषध केसमै २०७४ माघ २३ गते लागूऔषधसहित समातिएको प्रहरीको अभिलेखले जनाउँछ । धरान–८ कोशी राजमार्गबाट अवैध लागूऔषध डाइजेलाब ६ एम्पुल, ऐभिल ६ एम्पुल र लुपिजैसिक ६ एम्पुलसहित उनी पक्राउ परेका थिए । लागूऔषध मुद्दा दर्ता भई अनुसन्धान पश्चात अदालतमा पेश हुँदा उनी धरौटीमा छुटेको प्रहरीले जनाएको छ ।