Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका युवामा देखियो डेंगु

हाम्रो कोशी आवाज
जेष्ठ २७ २०७७, मंगलबार
धरानका युवामा देखियो डेंगु

धरानः धरानमा एक युवामा डेंगुको संक्रमण देखिएको चिकित्सकले पुष्टि गरेका छन् ।
धरान–२० का १९ वर्षीय युवा भुपाल तामाङलाई डेंगु रोग देखा परेको चिकित्सकले बताएका छन् ।
धरानस्थित विजयपुर अस्पतालका मेडिसिन विभागका वरिष्ठ फिजिसियन डा. विवेकप्रभात शाहले युवामा डेंगु देखिएको पुष्टि गरे । डेंगु रोगले थला परेका उनी सो अस्पतालमा भर्ना भएपछि उनमा रगत परीक्षण गर्दा डेंगु देखा परेको उनी बताउँछन३ । ‘ज्वरो आएर भर्ना भएका उनको रगत परीक्षण गर्दा डेंगु रोग देखा परेको छ’, उनले भने, ‘तामाङको अवस्था सामान्य रहेको छ ।’
उनी सोमबार अस्पताल भर्ना भएको अस्पतालका प्रमुख प्रशासक इन्दु योन्जनले जानकारी दिए ।
धरानमा अघिल्लो वर्ष डेंगुको महामारी भयावह बनेको थियो । अघिल्लो वर्ष हजारौ डेंगु संक्रमित भएका थिए । डेंगुका कारण धरान १५ का मनु सुनुवार, धरान ५ का कुसुम लकान्द्री र एक जना विद्यार्थीलगायतको मृत्यु भएको थियो ।
एडिज एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेंगु ज्वरो धरानमा देखा परेको प्रशासक इन्दुको भनाइ छ ।

डेंगु के हो ?
चिकित्सकका अनुसार एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो । यसको संक्रमणमा सुरूआती दिनमा ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुने जस्ता लक्षणहरू देखा पर्छ । संक्रमितमध्ये केही थोरै भने सिकिस्त पनि हुन सक्छन् । रगतमा पानीको मात्रा कम भई रक्तचाप कम हुन्छ । शरीरमा प्लेटलेटको संख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकोले शरीरमा डाबर आउने लक्षण देखा पर्न सक्छ । रक्तचाप निकै कम हुने र शरीरमा आवश्यक रगतको अभावमा बिरामी सिकिस्त भई मृत्युसम्म हुनसक्ने भएकोले बेलामा (सामान्य ज्वरो हुँदा) नै चिकित्सकको निगरानीमा उपचार गराउनु बुद्धिमानी हुनेछ ।

प्रकाशित मिति: जेष्ठ २७ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend