Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१७ मा सर्पको बिगबिगी

हाम्रो कोशी आवाज
जेष्ठ २९ २०७७, बिहिबार
धरान-१७ मा सर्पको बिगबिगी

धरानः धरान–१७ पटनालीमा सर्पको बिगबिगी बढेको छ ।
दिनहुँजसो सर्प निस्किने गरेको स्थानीयबासीले बताएका छन् । विगत सातादिनअघिदेखि विषालु सर्पको बिगबिगी बढेको हो । लगातार सर्प देखिन थालेपछि स्थानीय त्रसित भएका छन् । लगातार सर्प देखिन थालेपछि जनजीवन त्रसित भएको स्थानीय अप्सरा खत्रीले बताइन् । सर्पको बिगबिगी बढेपछि पुरै गाउँ भयभित हुँदै आएको छ । अझै निरन्तर ठाउँठाउँमा विषालु सर्प देखिने क्रम जारी रहेको छ ।
गाउँमै झारफुक
गाउँघरतिर सर्पले डसेका बिरामी अझै पनि धामीझाँक्रीको भरमा परेर अन्तिम स्थितिमा मात्र सर्पदंश उपचारकेन्द्रमा आइपुग्ने गरेका छन् ।
केहीदिनअघि गाउँमै झारफुक हुन थालेपछि एक बालिकाको ज्यान समेत गएको छ । स्थानीय बिस्टलाई सर्पले डस्यो । तर उनको गाउँमै झारफुक हुन थाल्यो । झारफुक गर्ने झाँक्रीले बालिकाको अवस्था गम्भीर रहेको बताएपछि मात्रै अस्पताल लगिएको थियो ।
त्यतिन्जेलसम्म पनि बालिकालाई सर्पले डसेको भन्ने थाहा थिएन । बीपी प्रतिष्ठान ल्याइएको बालिकाको बाटैमा मृत्यु भएको थियो । प्रतिष्ठान ल्याइएपछि उनलाई चिकित्सकले मृत घोषित गर्दै सर्पले डसेको प्रमाणित गरेका थिए ।
‘ती बालिका गाउँकै झारफुके धामीझाँक्रीको भरमा परिन्, उनको दुवै खुट्टाको गोलीगाँठोमा सर्पले डसेको रहेछ, उनको खुट्टा अत्यधिक सुन्निएको थियो ।’, स्थानीय विद्यालयका प्रधानाध्यापक भरत खत्रीले भने, ‘अझै गाउँमा झारफुक गर्नुपर्छ भन्ने कन्सेप्ट हराएन र घटना घट्यो ।’ कतिपयले विषालु सर्प नपाइएपनि सर्पले डसेपछि डसेको भागमा रबर तथा डोरीले रक्त सञ्चालन नै नहुने किसिमले धेरै दिनसम्म बाँधिराख्ने र लामो समयसम्म उपचार नगरी बस्ने गरेका कारण कतिपयको अंगभंग नै हुने गरेको चिकित्सकहरू बताउँछन् । चिकित्सकहरूका अनुसार रक्तनलीलाई धेर बाधा नपुरयाई सामान्य पट्टी बाँधेर त्यस्ता बिरामीलाई चाँडो उपचार केन्द्रमा पुरयाउनुपर्छ ।
चिकित्सकका अनुसार सर्पले डसेको भागको केही माथि बाँधे पनि बेलाबेला रक्त सञ्चालनका लागि बाँधेको भाग खुकुलो गर्दै चाँडोभन्दा चाँडो उपचार केन्द्रमा पुरयाउनुपर्छ ।

प्रकाशित मिति: जेष्ठ २९ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend