Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कोरोनाभन्दा पनि धमिलो पानी खाएर पो मरिने त होइन ?

हाम्रो कोशी आवाज
जेष्ठ ३० २०७७, शुक्रबार
धरानमा कोरोनाभन्दा पनि धमिलो पानी खाएर पो मरिने त होइन ?

धरानः स्वच्छ पानी मानिसको स्वस्थ्यका लागि अति आवश्यक कुरा हो । स्वस्थ रहन चिकित्सहरू पनि दैनिक आवश्यक मात्रामा स्वच्छ पानी पिउन सल्लाह दिने गर्छन् । तर, धरानमा जहिल्यै धमिलो पानी आउँछ भने आमनागरिकका लागि त्योभन्दा ठूलो विडम्बना के होला ?
धरान उपमहानगरपालिका हो । उपमहानगरका धारामा धमिलो पानी आउँछ । खानेपानी संस्थानले वितरण गरेको यो पानी अधिकाङ्शले प्रयोग गर्दै आएका छन् । यस्तो पानी नपिएर पनि के गर्ने ? धरानमा विकल्प नै छैन ।
मासिक महसुल भने बुझाउन बाध्य हामी यस्तो पानी कतिञ्जेल पिउने भन्ने हो । धारामा सेतो (दूधजस्तो) अनि धमिलो पानी आएको तीन चार दिन भयो । धारामा कहिलेकाहीं १–२ दिन सफा पानी आएपनि पुनः धमिलो पानी आइहाल्छ । दूध मिसिएको जस्तो धमिलो पानीले रुघा लाग्न थालिसकेको छ । भोलि ज्वरो पनि नआउला भन्न सकिन्नँ । यस्तै पानीका कारण अहिले ज्वरो आउन सक्छ । धरानबासीले बर्खा लागेपछि जहिल्यै धमिलो पानी पिउन बाध्य छन् । संस्थानको ध्यानाकर्षण होस् । नत्र अर्को महामारी निम्तिन सक्छ त ? अब त कोरोनाले भन्दा पनि धमिलो पानी खाएर बिरामी भएर बाँचिदैन जस्तो पो लाग्न थाल्यो त ।
गीता कटुवाल, धरान–१५, इमेलमार्फत्

प्रकाशित मिति: जेष्ठ ३० २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend