Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा पत्रकारलाई विपद् व्यवस्थापन तालिम

हाम्रो कोशी आवाज
जेष्ठ ३० २०७७, शुक्रबार
धरानमा पत्रकारलाई विपद् व्यवस्थापन तालिम

धरानः नेपाल पत्रकार महासंघको संयोजन र धरान उपमहानगरपालिकाको सहयोगमा शुक्रबारबाट तीनदिने विपद् व्यवस्थापन पत्रकारिता तालिम शुरु भएको छ । आगामी आइतबार सम्म हुने उक्त प्रशिक्षणमा धरानका विभिन्न मिडिया हाउसका गरी जम्मा १९ जना सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
कोविड १९ को महामारीका बेला कसरी आफू सुरक्षित भएर पत्रकारिता गर्ने जानकारीका लागि तालिम गराइएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरिका अध्यक्ष अमर खड्काले यस्तो अवसरलाई राम्ररी सदुपयोग गर्न सहभागीहरूलाई शुभकामना समेत दिएका थिए । तालिममा पत्रकार देवेन्द्र कार्की, रोहित राई र धीरेन लिम्बूले सहजीकरण गरेका थिए ।
देवेन्द्रले विपद्का बेला मिडियाको भूमिका र गर्ने कार्यका बारेमा जानकारी गराएका थिए भने रोहितले खोज पत्रकारिताको विषयमा र सोही तालिममा धरान हात्तीसार क्याम्पसका माइक्रोबायोलोजीका विभागका सहप्राध्यापक एवं सञ्चारकर्मी धिरेन लिम्बूले कोभिड १९ भाइरसका बारेमा प्रशिक्षण गराएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका सूचना तथा राजश्व शाखा प्रमुख खगेन्द्रप्रसाद खतिवडाले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रम सञ्चालन पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले गरेका थिए ।

प्रकाशित मिति: जेष्ठ ३० २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend