धरानः धरानको भानुचोकमा अति भो सरकार भन्दै विरोध प्रदर्शन गर्ने युवाहरूले पनि नयाँ नक्सा आएको स्वागतमा दीप प्रज्ज्वलन नै गरेका छन् ।
विगत दुई दिनदेखि सामाजिक सञ्जालबाटै एकबद्ध भएका युवाले भानुचोक पुगेर सरकारविरुद्ध एकस्वरमा नारा लगाएका थिए–अति भो सरकार । तर शनिबार साँझको दृश्य फरक रह्यो ।
उनीहरूले भानुचोकैमा नेपालको नक्सा बनाएर दिपावली गरेका हुन् । उनीहरूले नयाँ नक्सा आएकोमा सरकारलाई धन्यवाद दिँदै भने–अब भूमी चाहियो । उनीहरूले सीमानामा काँडेतार लगाउने कहिले भन्दै प्रश्न पनि तेस्र्याएका थिए । उनीहरूले केहीबेर राष्ट्रिय गान पनि गाएका थिए ।
हेरौं भिडियो र फोटोमा
फोटोः हाम्रो कोशी आवाज डटकम














