धरानः सञ्चारकर्मी दिलबहादुर राईले आफ्ना बुबा कृष्णबहादुर राई र आमा राजकुमारी राईको सम्झनामा आर्थिक सहयोग गरेको छन् ।
राईले मंगलबार किरात राई यायोक्खा प्रारम्भिक कमिटी धरान-१३ को भवन निर्माणको लागि १३ हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । किराया प्रारम्भिक कमिटी सचिव सत्य राई, कोषाध्यक्ष सुनिता राई, धनबहादुर राई, कुमार राई लगायतको उपस्थितिमा सो रकम दिइएको उनले जानकारी दिए ।
किरात राई यायोक्खाको १३ नम्बर कमिटी भवन निर्माण गर्नको लागि भनेर मदन राईले जग्गा उपलब्ध गराएको पत्रकार समेत रहेका वसन्त बान्तवाले जानकारी दिए । जग्गा दिने सुनिश्चित भएको तर कम्तीमा १० धुर तर त्यो भन्दा बढी पनि दिन सकिने बताए । जग्गादाता मदन राईले धरान १३ गौरा मार्गमा भवन निर्माणको लागि जग्गा उपलब्ध गराएको उनले बताए । जग्गा उपलब्ध भएपछि भवन निर्माण प्रक्रिया अगाडि बढाउने तयारीसँगै दिलबहादुरबाट आर्थिक सहयोग उपलब्ध भएको बताए ।
दिलबहादुरले केही रकम संखुवासभा जिल्लाको किड्नी रोगी चम्फामाया राई, अर्का बिरामी बीपी प्रतिष्ठानमा रहेकोले उनीहरू आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए ।