Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको ‘खाल्डे सडक’ पुरियो

हाम्रो कोशी आवाज
असार ३ २०७७, बुधबार
धरानको ‘खाल्डे सडक’ पुरियो

धरानः धरान–१२ महेन्द्रपथमा सडक मर्मत गरिँदै । धरानको मुख्य सडकको खाल्डा पुर्न थालिएको छ । लक्ष्मीचोकदेखि भानुचोकसम्मको ‘खाल्डे’ सडक पुर्न थालिएको हो । खाल्डाखुल्डी बनेर सर्वसाधारण घाइते समेत बनेपछि यो सडकले दोस्रो चुनावताका निकै चर्चा कमाएको थियो ।
धरानको मुख्य बजार क्षेत्र बरगाछीदेखि लक्ष्मीचोकसम्म पर्ने कोशी राजमार्गअन्तर्गत तीन किलोमिटर सडक ठाउँ–ठाउँमा भत्किएको र खाल्डो परेको थियो । गतवर्ष मर्मत गरेको पक्की सडक उप्किएर खाल्डा परेको हो । मुख्यमार्गमा नै सडक खाल्डाखुल्डी पर्दा सवारीचालक र पैदलयात्रीलाई सास्ती भएको थियो । सडकमा जताततै भएको खाल्डाखुल्डीले दुर्घटनाको जोखिम समेत बढेको थियो । खाल्डाखुल्डीले गर्दा बिहान–बेलुका सडक जाम हुन थालेको छ । अहिले भोटेपुलदेखि बरगाछीसम्मको सडक मर्मतको काम पनि धमाधम अघि बढिरहेको छ । फोटोः हाम्रो कोशी आवाज

प्रकाशित मिति: असार ३ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend