Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा पारिवारिक घुमफिर गर्ने बढे (३० फोटो)

हाम्रो कोशी आवाज
असार ३ २०७७, बुधबार
धरानमा पारिवारिक घुमफिर गर्ने बढे (३० फोटो)

धरानः धरानका हिमाल श्रेष्ठले फेसबुकमा पोष्टयाए–‘मेरो भविष्यहरूको घुमघाम चिन्डेडाँडा ।’
‘रमाइलोका कारण मुड फ्रेस पनि हुने, साना साना नानीहरूले केही कुरा पनि सिक्ने भन्दै निस्किएका हौं’ उनले भने । लामो समयको लकडाउन खुकुलो भएर केही राहत महसुस गरेका धराने अहिले सामाजिक दुरी कायम गर्दै पारिवारिक घुमघाम गर्ने क्रम बढन थालेको छ ।
धरान–१५ की प्रभा प्रधानले धेरैदिन घरमा बस्दा बस्दा वाक्क लागेको र मुड फ्रेस पार्नकै लागि भएपनि एकदिन निस्किएको सुनाइन् । ‘घरमा बस्दा बस्दा वाक्क भइयो, जौ मुड फ्रेस पार्न भनेर परिवारसँग सल्लाह भएर निस्कियौं र चिन्डेडाँडासम्म हिँडेरै पुगेर आइयो ।’
यस्तै, धरान–१० की विनिशा राई परिवारसहित करिब १० जना हिँड्दै चिन्डेडाँडा पुगेको सुनाउँछिन् । ‘घरमा बस्दा बस्दा वाक्क भइयो, मुड फ्रेस गर्नकै लागि भएपनि निस्कियौं र चिन्डेडाँडासम्म पुगेर फर्कियौं ।’

‘यसअघि मोबाइल, टिभी हेर्दा र घरमा कोचिएर बस्दा बस्दा दिन काट्नै मुस्किल थियो’, धरान–१६ का रजिना लिम्बूले भनिन्, ‘अहिले केही साथीभाइसँग मिलेर खेल्दैछौं ।’
हुन त धराने बिहान–बेलुका शारीरिक कसरत गर्नका लागि पनि विभिन्न ठाउँ पुगेकै हुन्छन् । तर लकडाउनको समयमा कसरत गर्न नपाएपछि अहिले कसरत गर्ने, मुड फ्रेस पार्न निस्किने बढेका हुन् । अहिले विशेषतः बिहान, दिउँसो र बेलुकाको समय पारेर पारिवारिक घुमघाम गर्ने बढेका हुन् । धरान आसपासका क्षेत्र चिन्डेडाँडा, धरान–१३ स्थित बीपी पार्क, विजयपुरको डाँडा, धरान–१३ र १४ मा पर्ने झोलुङ्गे पुल, विष्णुपादुकालगायतका स्थानमा घुमघाम गरेर फिर्ने गरेको धराने बताउँछन् ।
लामो समयसम्म लकडाउन हुँदा जनजीवन प्रभावित भएको थियो । अत्यावश्यकबाहेक सबै सेवा ठप्प थिए । सरकारले व्यक्तिको पैदल आवागमन (भीडभाड नहुने गरी) खोलिदिएपछि धरानमा ‘मुड फेस’ बनाउनेहरू बढेका छन् ।
अहिले धरानको कुरा गर्ने हो भने केही ठाउँमा सडक खाली भएका ठाउँमा बालबालिका पनि बाहिर निस्किएका छन् । साना बालबालिका पनि साइकल लिएर डुलिरहेको दृश्य देखिन थालेको छ । करिब तीन महिनापछि सोमबारदेखि सरकारले लकडाउनलाई केही खुकुलो बनाएको छ ।
फोटोः हाम्रो कोशी आवाज र फेसबुक

प्रकाशित मिति: असार ३ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend