धरानः धरानमा एक महिला र पुरुष लागूऔषधसहित समातिएका छन् ।
धरान-५ बस्ने वर्ष २९ को उमेश राई र धरान-१५ बस्ने वर्ष २३ की मनिषा राईलाई अवैध लागूऔषधसहित समातेको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार गत २ गते मनिषाको घरमा अवैध ट्रामाडोल समेतका औषधि सन्चय गरी राखी बेचबिखन गर्दछन् भन्ने सुचना प्राप्त भएकोले उनीहरूलाई समातिएको हो ।
मनिषाको घर खानतलासी लिँदा Dicyclomine Hidrocholoride Tables IP लेखिएको ३५५ ट्याब्लेट र Tramadol Hidrocholoride Capsules 50 mg लेखिएको ३५५ क्याप्सुल फेला परेकोमा सो औषधी बेचबिखन गर्ने कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरी औषधी सहित आवश्यक कारवाहीको लागि औषधि व्यवस्था विभाग विराटनगरमा बुझाइएको उनले जानकारी दिए । सो औषधिले लागूऔषध तयार हुने उनले जानकारी दिए ।