Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आमासँगै ८ महिने शिशुमा पनि देखियो कोरोना

हाम्रो कोशी आवाज
असार ४ २०७७, बिहिबार
आमासँगै ८ महिने शिशुमा पनि देखियो कोरोना

विराटनगरः विराटनगरमा ८ महिनाको शिशुमा कोरोना संक्रमण भएको पाइएको छ ।
विराटनगर–१३ की ३६ वर्षीया महिलामा बिहीबार संक्रमण पुष्टि भएपछि ती महिलाको ८ महिने छोरामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । भारतबाट आएर होम क्वारेन्टाइनमा बसेकी ती महिलाको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो ।
महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार आमा बच्चाको रिपोर्ट पोजेटिभ आएपछि दुई जनालाई कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा लगिएको छ ।

प्रकाशित मिति: असार ४ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend