Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको नगरसभा १० गते, वडाध्यक्षहरू पुगे मेयरको कार्यकक्ष

हाम्रो कोशी आवाज
असार ७ २०७७, आइतबार
धरानको नगरसभा १० गते, वडाध्यक्षहरू पुगे मेयरको कार्यकक्ष

धरानः धरान नगरसभाको मिति तोकिएपनि वडाको सिलिङ नभएपछि वडालाई सिलिङ उपलब्ध गराउन माग गर्दै वडाअध्यक्षहरू मेयरको कार्यकक्षमा पुगेका छन् ।
उपमहानगरपालिकाका मेयर तिलक राईलाई भेटेर वडाध्यक्षहरूले सिलिङ उपलब्ध गराउन माग गरेका हुन३ । धरान उपमहानगरपालिकाले असार १० गते नगरसभा गर्ने भन्दै जनप्रतिनिधिहरूलाई पत्राचार गरिसकेको छ । तर, नगरसभा अघि नै हुनपर्ने बजेटको सिलिङ भने वडामा नपुगेपछि वडाध्यक्षहरू आफै पुगेर सिलिङ उपलब्ध गराउन माग गरेका छन् ।
सिलिङ समितिले संघ, प्रदेशलगयातबाट आउने बजेटलाई मिलाएर वडाहरूलाई दिने बजेटको सिलिङ तोकिनुपर्ने वडा नं. १२ का वडाध्यक्ष नेत्र काफ्लेले बताए । त्यसपछि, वडाहरूले आफ्नो योजना छनौट गरेर पठाउँछ । तर, वडामा सिलिङ नआइकनै एकैचोटी नगरसभा गर्ने पत्र आएको वडा नं १३ का अध्यक्ष नेत्र काफ३लेले बताए ।
उता मेयर राईले असार १० गते नगरसभा गर्नैपर्ने कानुनी व्यवस्था रहेको साथै नगरसभा बोलाइएको र सिलिङ विस्तारै आउने बताए । उनले नीति तथा कार्यक्रम नगरसभामा पास भएपछि बजेट सिलिङबारे व्यापक छलफलपश्चात् मात्रै वडामा बजेट लाने नयाँ प्रणाली थालिएको बताए ।

प्रकाशित मिति: असार ७ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend