Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१४ का विपन्न २० परिवारलाई ५०० केजी चामल वितरण

हाम्रो कोशी आवाज
असार ७ २०७७, आइतबार
धरान-१४ का विपन्न २० परिवारलाई ५०० केजी चामल वितरण

धरानः धरान–१४ का अति विपन्न परिवारलाई राहत दिइएको छ ।
नेपाल परिवार दल सुनसरीले धरान–१४ का अति विपन्न परिवारलाई राहतस्वरुप ५०० केजी चामल दिएको हो ।
अति विपन्न २० घर परिवारलाई २५ केजीका चामल वितरण गरिएको हो । धरान उपमहानगरपालिकाले वडा कार्यालयमार्फत् राहत वितरण गर्न छाडेपनि अति विपन्न परिवारलाई बिहान बेलुकी छाक टार्न समस्या भएका परिवारलाई मात्र छनौट गरी राहत वितरण गरिएको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।
नेपाल परवार दलका सदस्य रविन चाम्लिङ्को संयोजकत्व र सक्रियतामा राहत संकलन र वितरण गरिएको थियो । कोरोना संक्रमणको कहर अझैपनि झन दर्दनाक बन्दै गएको अवस्थामा राहत वितरण गर्नुपर्ने भएकाले पार्टीका केन्द्रीय सदस्य रामबहादुर लिम्बूले बताए । कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष पुस्कर थापा, जिल्ला सचिव लक्ष्मण कार्की लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: असार ७ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend