Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मास्कले धानेको धरान (४९ फोटो)

हाम्रो कोशी आवाज
असार ८ २०७७, सोमबार
मास्कले धानेको धरान (४९ फोटो)

धरानका पसलहरूमा ग्राहकहरु खासै नभएपनि सबै सटरहरू उघारिएका छन् । सरकारले लकडाउनलाई खुकुलो बनाएपछि अधिकांश बजारका सटरहरू उघारिएका हुन् । उपभोक्ताको भने खासै भीड छैन । धरानमा अधिकांशले मास्क लगाएको पाइएको छ । भनौं मास्कले धानेको धरान । अधिकांश व्यवसायीले पनि मास्क लगाएको अवस्थामा देखिएका छन् । उपभोक्तालाई पसल छिर्दा सेनिटराइज गरेर पठाउने गरिएको व्यवसायी बताउँछन् । अधिकांशमा सचेतना आएको र सामाजिक दुरी कायम गर्नुपर्ने रहेछ भन्ने चेतना पलाएको व्यवसायी बताउँछन् । तर कतिपयले हेलेचेक्र्याइँ गरी मास्क नलगाइ हिँडेको पनि पाइयो । उनीहरूले मास्क नलगाउँदा अन्य व्यक्तिले यस्तो महामारीको बेलामा पनि कस्तो निष्फिक्री मास्क नै नलगाइ हिँडेको भन्ने गरेको व्यवसायी नै बताउँछन् ।
विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले कोभिड १९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ । लकडाउन खुकुलो बनाएसँगै सर्वसाधरणको क्रियाकलाप बढ्दै गएको, कार्यालय सञ्चालन भएको तथा एक आपसमा भेटघाट लगायत बढेको भन्दै उनले त्यस क्रममा सबैले आ आफ्नो तर्फबाट थप सर्तक हुनु जरुरी रहेको उसको भनाइ छ । भाइरस नियन्त्रण गर्नका लागि लकडाउन एउटा उपाय थियो भने अबको अर्को उपाय भनेको हामीले यी नियमहरू पालना गर्नु नै भएको उसले जनाएको छ ।
हेरौं सोमबार खिचिएका फोटोः
फोटोः हाम्रो कोशी आवाज डटकम

प्रकाशित मिति: असार ८ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend