धरानः धरानमा टेम्पोमा गाँजा ओसारपसार भएको पाइएको छ ।
इलाका प्रहरी कार्यालय धरानले तीनजनालाई समातेपछि यो रहस्य बाहिरिएको हो । अस्थायी प्रहरी पोष्ट विष्णुपादुका धरानबाट खटिएको टोलीले जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं. २० स्थित एक्लेवर चौतारा नजिक विष्णुपादुकाबाट धरान जाने सडक खण्डमा चाँदी बजार, विष्णुपादुका हुँदै धरानतर्फ यात्रु समेत लिई आउँदै गरेको अवस्थामा समातेको हो ।
को२ह ५४४७ ट्याम्पोमा शंका लागि रोकी चेकजाँच गर्दा सो ट्याम्पोको पछाडि रहेको यात्रु बस्ने गरेको सिट मुनि राखी सेतो प्लाष्टिकमा प्याक गरी लुकाइछिपाई राखेको अवस्थामा २ (दुई) पोका तौल गर्दा २ (दुई) पोकाको जम्मा तौल २४५ (दुईसय पैतालीस) ग्राम अवैध लागू औषध गाँजा फेला परेको इलाका प्रहरी कार्यालय धरानका ज्ञानेन्दबहादुर बस्नेतले जानकारी दिए ।
पक्राउ पर्नेहरूमा निम्न रहेको प्रहरीले जनाएको छ ।
१. जिल्ला धनकुटा सहिदभूमी गापा वडा नं १ छिन्ताङ घर भई हाल सुनसरी धरान उमनपा वडा नं.–११ सिमाना चोक बस्ने किर बहादुर राईको छोरा बर्ष २९ को नन्दीमान राई ( ट्याम्पो चालक को२ह ५४४७
२. जिल्ला धनकुटा सहिदभूमी गाँउपालिका वडा नं १ छिन्ताङ घर भई हाल सुनसरी धरान उमनपा वडा नं. ११ मंगलबारे डेराकोठा गरी बस्ने बीर बहादुर राईको छोरा बर्ष १९ को दिनेश भन्ने सबिन राई ।
३. जिल्ला उदयपुर कटारी नगरपालिका वडा नं. २ ताप्ली भई हाल सुनसरी धरान उपमहानगरपालिका वडा नं. ११ मंगलबारे डेरा कोठा गरी बस्ने श्याम बहादुर राईको छोरा वर्ष २० को सागर राई ।
जंगली पंक्षी कालिजको कालो रंगको प्वाख जस्तो देखिने ( सानो ठूलो गरी जम्मा १८ वटा), जंगली जनवार घोरलको सिंग जस्तो देखिने ससाना सिङ ४ (चार) वटा, कस्तुरीको सिङ जस्तो देखिने छालासहितको २ (दुई) वटा सिङ पनि फेला पारेको उनले जानकारी दिए । ओसारपसार गर्ने ट्याम्पोमा सवार र टेम्पो चालक नै नियन्त्रणमा लिइ लागूऔषध मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
साथै जंगली जनवारको सिङ, पंक्षीको प्वाखको सम्बन्धमा आवश्यक कारवाहीको लागि सेक्टर वन कार्यालय पाँचकन्या धरान सुनसरीमा पत्र र कागजात साथ बुझाइएको प्रहरीले जनाएको छ । (समाचारमा डिएसपी डिएसपी ढुण्डीराज न्यौपाने भएकोले सच्याइएको छ ।)
